2026-09-19 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारी वातावरणीय दृष्टिकोणले फलिफाप भएको वैज्ञानिकहरुको निष्कर्ष

फागुन ११, काठमाडौँ । कोरोना भाइरस महामारीले विश्वमा करोडौँ मानिसको मृत्यु भएको र खर्बौ नोक्सानी भएको भएपनि वातावरणीय दृष्टिले चाहिं यो महामारी फलिफाप भएको छ ।

वैज्ञानिकहरुका अनुसार महामारीको लकडाउनका कारण वातावरण स्वच्छ हुँदा चीनमा किर्तिमानी वर्षा भएको छ ।

लकडाउनले गर्दा हरितगृह ग्यास तथा अन्य प्रदूषकहरुको उत्सर्जनमा तिव्र गिरावट आउनु नै सन् २०२० मा चीनमा भएको कीर्तिमानी वर्षाको प्रमुख कारण रहेको वैज्ञानिकहरुले ठहर गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार हरितगृह ग्यास तथा एरोसोल भनिने साना धूलकणहरुको मात्रामा कमी आउँदा वायुमण्डलीय परिवर्तन भएको र यसले वर्षाको दरलाई बढावा दिएको छ ।

चीनमा सन् २०२० को गृष्मयाममा कीर्तिमानी वर्षा हुँदा सयौँ मानिसको मृत्यु हुनुका साथै दशौँ लाख मानिस विस्थापित भएका थिए ।

प्रदूषणमा आएको कमीले तत्कालका लागि भारी वर्षासँगै प्रकोपमा वृद्धि भएको देखिएपछि दीर्घकालसम्म हुने उत्सर्जन नियन्त्रणले भने यस्तो नकारात्मक असर नपार्ने वैज्ञानिकहरुको भनाई छ ।

सन् २०२० को जुन र जुलाई महिनामा चीनको पूर्वी भागका विभिन्न क्षेत्रमा व्यापक वर्षासँग बाढी आएको थियो । उक्त गृष्मकालीन भारी वर्षातमा उत्सर्जन कटौतीको योगदान करीब एक तिहाईसम्म रहेको शोधकर्ताहरुको भनाई छ ।

रेकर्ड अनुसार सन् २०२० को जुन र जुलाईमा चीनको यांग्जे नदीमा सन् १९६१ यताकै उच्च बहान मापन भयो । पछिल्लो ४१ वर्षको औषत बहाव भन्दा ७९ प्रतिशत बढि उच्च बहाव मापन गरियो ।

कतिपय वैज्ञानिक अध्ययन अनुसार चीनमा भारी वर्षा हुनुमा हिन्द महासागर उत्पन्न भएको जटील सामुद्रिक प्रक्रियाको पनि हात छ ।

यसका अतिरिक्त शोधकर्ताहरुले चिनिया वर्षात् तथा बाढीका पछाडि नयाँ कुराको हात रहेको तथ्य समेत स्थापित गरे । जस अनुसार कोभिड १९ महामारीका कारण भएको लकडाउनमा हरितगृह ग्यास र एरोसोलको उत्सर्जनमा कमी आउनु नै अतिउच्च वर्षाको प्रमुख कारण हो ।

उनीहरुका अनुसार वायुमण्डलमा धूलकण तथा प्रदुषणको मात्रा बढेका कारण पछिल्लो ४ दशकमा पूर्वी तथा मध्य चीनमा गृष्मकालीन वर्षात्मा निकै कमी आएको थियो ।

वायुमण्डलमा थुप्रिएका प्रदुषक कणहरु धेरैजसो कोइला भट्टीबाट निस्किएका हुन् । वायुमण्डलमा थुप्रिएका यस्ता धूलकणहरुले ठूलो क्षमताको आँधीबेहेरी आउने प्रक्रियालाई कम गर्ने  हुनाले वर्षातमा पनि कमी आउने गर्दछ ।

सन् २०२० मा लकडाउनले गर्दा वायुमण्डलमा यस्ता धूलकण जान नपाउनु र हरितगृह ग्यासको उत्सर्जन पनि कमी हुँदा वर्षात्मा वृद्धि भएको शोधकर्ता बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो