९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा चरम लापरबाही, पासपोर्ट र टिकट समेत नभएका व्यक्ति कतार जाने विमानमा

११ फाल्गुन २०७८, बुधबार ०७:५०

फागुन ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चरम लापरबाही भएको पुष्टि हुने एक घटना बाहिरिएको छ। पासपोर्ट र टिकट समेत नभएका व्यक्ति दर्जनौं प्रहरी र अध्यागमनको चेकपोष्ट छल्दै कतार जाने विमानमा चढेको पाइएको छ।

घटना फागुन ९ गते राति पौन ११ बजेतिरको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा एक युवक चढेका थिए। विमानका कर्मचारीले उनको कागजात जाँच गर्ने क्रममा पोसपोर्ट, टिकट समेत नपाइएपछि विमानस्थल सुरक्षामा चरम लापरबाही भएको पाइएको थियो।

कागजात नभेटिएपछि ती युवकलाई विमानबाट झारिएको थियो। यसरी बिना कागजात विमानसम्म पुगेर कतार उड्न लागेको जहाज चढ्ने व्यक्ति थिए, रौतहटका १८ वर्षीय हस्पम आलम।

उनी यसरी बिना कागजात विमानमा चढेको यो पहिलो घटना भने होइन। करिब एक महिना अघि पनि उनी यसैगरी विमानमा चढेका थिए। यसले विमानस्थल सुरक्षामा चरम लापरबाही रहेको देखिएको छ। सुरक्षाकर्मीको घेरो छल्दै विमानमा चढेका आलमलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशलामा राखेर अनुसन्धान सुरु गरिएको छ। आलमको मानसिक अवस्था ठीक नभएको प्रहरी स्रोतका भनाइ छ।उनी काटेश्वरतर्फको बारबाट प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा जिम्मा सेनाको भएकाले सेनाकै कमजोरीका कारण ती युवक विमानसम्म पुगेको प्रहरीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु