Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्वास फेर्दा दुर्गन्ध आउनु गम्भीर रोगको संकेत हुनसक्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १२, काठमाडौँ । ‘फ्याटी लिभर’ स्वास्थ्य समस्या हो । यो समस्यामा कलेजोका कोशिकाहरुमा फ्याट जम्मा हुन्छ । फ्याटी लिभरको समस्यामा कलेजोले सही तरिकाले काम गर्न सक्दैन । मद्यपानको सेवन धेरै गर्ने व्यक्तिहरुमा यो समस्या बढी हुने गर्छ । यो समस्या फरक–फरक व्यक्तिमा फरक तरिकाले देखिन्छ । यसलाई हेपेटिक स्टीटोसिस पनि भनिन्छ । मद्यपान गर्नेहरुलाई मात्र होइन यो समस्या मद्यपान नगर्नेहरुमा पनि उत्तिकै देखिन्छ । यसका कारणहरु भने फरक छन् । जसमा कोलेस्ट्रोलको मात्रा, मधुमेह, स्लीप एपनिया, अन्डरएक्टिभ थाइराइड पर्छन् । सुरुवातमा यो समस्याको बारेमा थाहा हुँदैन । तर, विस्तारै श्वासप्रश्वासमा समस्या आउन थालेपछि कलेजोमा गडबढी भएको पत्ता लगाउन सकिन्छ ।

श्वास फेर्दा दुर्गन्ध आउनु

फ्याटी लिभरको समस्या हुनेहरुको श्वास गन्हाउँछ । यसलाई फेटोर हेपेटिकस पनि भनिन्छ । यो समस्यामा श्वास फेर्दा धेरै दुर्गन्ध आउँछ । सामान्यतयाः बिहानमा श्वास गन्हाउने समस्या हुने गर्छ । तर, यो समस्यामा दिनभर पनि श्वास गन्हाउँछ ।

किन गन्हाउँछ श्वास ?

कलेजोको काम विषाक्त पदार्थहरुलाई छान्नु हो । फ्याटी लिभरको समस्यामा कलेजोले फिल्टर गर्न सक्दैन । जसले गर्दा रसायनहरुलाई डिटक्सिफाई गर्न सक्दैन । त्यसैले नछानिएका फोहोरहरु पनि शरीरमा अन्य भागमा फैलिन्छ । जसले गर्दा श्वासमा दुर्गन्ध आउँछ ।

अन्य लक्षणहरु :

–छाला पहेँलो हुनु

–गोडा सुन्निनु

–पेट सुन्निनु

–सजिल्यै रगत निस्किनु