९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमेन्ट उद्योगका कारण चेपाङ परिवार विस्थापित

१३ फाल्गुन २०७८, शुक्रबार १०:२६

फागुन १३, काठमाडौँ । मकवानपुरको  हेटौँडामा रहेको  रिद्धिसिद्धि सिमेन्ट उद्योगको  चुनढुङ्गा खानीका कारण राक्सिराङ गाउँपालिकामा रहेका अति सीमान्तकृत चेपाङ समुदायलगायत स्थानीय बासिन्दा समस्यामा परेका छन् । उक्त उद्योगले वडा नं ४ मा रहेको गिगुं क्षेत्रमा चुनढुङ्गा उत्खनन गर्न थालेसँगै त्यहाँ बसोबास गर्ने चेपाङ समुदाय समस्यामा परेको बताइएको छ । 

चुनढुङ्गा उत्खननका क्रममा  स्थानीयवासीको घर नै पुर्न थालेपछि विस्थापित हुन परेपछि  चेपाङहरुहरुले तत्काल पुनर्वासको माग गरेका छन् । साठी  घरपरिवारले  तत्काल पुनर्वासको व्यवस्था, जबर्जस्ती घरबास उठाउन बन्द गर्न  र उचित मुआब्जाको व्यवस्थाको माग गरे पनि सरोकारवाला पक्ष मौन रहेकाले आफूहरु  समस्यामा परेकोे उनीहरुको गुनासो छ । 

राक्सिराङ क्षेत्रमा चेपाङ समुदायहरु केही समय  अघिसम्म आन्दोलनमा उत्रिए पनि केही नलागेपछि विस्थापित नै हुनुपरेको राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले जनाएको छ ।आयोगका अधिकृत किरण बरालले खानी क्षेत्र आसपासका करिब ३५ घरधुरी विस्थापित भइसकेको जानकारी दिनुभयो । आयोगका अनुसार थानीय गोठे  चेपाङ आफ्नो १८ जनाको  परिवारसहित राक्सिराङ–४ का विश्वराज मोक्तानको घरमा आश्रय लिएर बसिरहेका र  खानी क्षेत्रमा  रहेको  उनको जग्गा दलालमार्फत उद्योगलाई बिक्री भइसकेको खुल्न आएको छ  ।

खानी क्षेत्रबाट विस्थापित भएका केही बासिन्दा मनहरि गाउँपालिका–७ मा आएर बसेका छन् । अन्य विस्थापित परिवार अन्यत्र गइसकेको आयोगको अध्ययनले जनाएको छ । गिगुं क्षेत्रका अधिकांश चेपाङ परिवार विस्थापित भइसकेपछि स्थानीय विद्यालय पनि बन्द भएको आयोगका उपसचिव हरिप्रसाद ज्ञवालीले बताउनुभयो । चेपाङ सङ्घका जिल्ला अध्यक्ष पूर्णबहादुर प्रजाले गिगुंको बस्तीबाट विस्थापित हुनुपरेपछि आफूहरुले आफन्तको घरमा बस्दै आएको जानकारी दिनुभयो ।

अहिले गिगुंका  २३ घरपरिवारलाई प्रदुषणले  मर्नु न बाँच्नुको अवस्थामा पु¥याएकोे उहाँको गुनासो थियो । “आर्थिक अवस्था कमजोर रहेको चेपाङको समस्या कसैले सुनवाइ गर्दैन,” प्रजाले पिडा पोख्नुभयो ।  गाउँपालिका र उद्योग व्यवस्थापनबीच समस्या समाधानका लागि  ११ बँुदे समझदारी  भए पनि उक्त उद्योगले सहमति कार्यान्वयन नगर्दा थप समस्या उत्पन्न भएको गाउँपालिकाका अध्यक्ष  राजकुमार मल्लले बताउनुभयो ।गाउँपालिकासँग समन्वयन गरी खानी सञ्चालन गरिएकाले समस्या जटिल बनेको उहाँको भनाइ थियो । उता उद्योग प्रशासनमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु