१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता पारित गर्न माओवादी तयार

१५ फाल्गुन २०७८, आईतवार ०६:३१

फागुन १५, काठमाडौँ । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर गठन भएको गठबन्धनलाई जोगाएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसिसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार भएको छ ।

माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ बिहीबारदेखि नियमित छलफल गर्दै आएका थिए । शनिबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी सम्झौतालाई पनि एउटा टुङ्गोमा पुर्याउने र गठबन्धन पनि कायम राख्ने कोणबाट छलफल भइरहेको बताउनुभएको थियो ।

अध्यक्ष प्रचण्डको सोही धारणाअनुसार नै आज बिहान बसेको माओवादीका पूर्वस्थायी समितिका सदस्यको बैठकले सो निर्णय गरेको माओवादी स्रोतले जनाएको छ । निर्णयका बारेमा माओवादीका नेताहरुले औपचारिकरुपमा केही बताएका छैनन् । 

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउन तयार देखिएको छ । त्यसका लागि शुक्रबार र शनिबार अन्तर्राष्ट्रिय कानूनका जानकारले प्रयास गरेका थिए । लामो समयदेखि एउटै विषयमा मात्रै दल विभक्त हुँदा त्यसले अनावश्यक विवाद बढाएको भन्दै दलहरुले एउटा विकल्प खोज्नुपर्नेमा मतैक्य देखिएका थिए ।

माओवादीका नेता वर्षमान पुनका अनुसार एमसिसीका सम्बन्धमा पार्टीले एउटा निर्णय गरेको छ । उहाँले व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विगत छ महिनादेखि लगातार अवरोध गरिरहेको छ । अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । सत्तारुढ दलबीच नै एमसिसी सम्झौताका विषयमा समान धारणा बन्न नसक्दा गठबन्धन टुट्ने हो कि भन्ने अनेकन आशङ्का व्याप्त भएका सन्दर्भमा माओवादीले उपयुक्त निर्णय गरेको नेताहरुको दाबी छ ।

सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रमुख प्रतिपक्षीलाई मनाउन अनेकन पटक छलफल गरे पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन । पूर्ववत् अडानमा एमाले रहँदा संसद्को गतिविधिसमेत अगाडि बढ्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसिसी सम्झौताका सन्दर्भमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । 

दातृ मुलुक अमेरिकाले सोमबारसम्म एमसिसी सम्झौता संसद्बाट पारित गर्न सरकारलाई आग्रह गरेको थियो । नेपालको प्रसारण प्रणाली र सडक पूर्वाधारमा खर्च गर्ने गरी रु ५५ अर्ब बराबरको अनुमादन प्राप्त हुनेछ । त्यसबाट कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै, झण्डै १०० किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ