2026-09-18 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुहारको दाग हटाउने यस्ता छन् २० घरेलु उपाय

फागुन १७, काठमाडौँ । मानिसको अनुहार उसको सौन्दर्यको सबैभन्दा महत्वपूर्ण भाग हो । अनुहारमा कुनै पनि किसिमको दाग वा कालोपन देखिए उसको अनुहार नै कुरुप देखिन्छ । अनुहारमा आएको डन्डिफोर, दाग वा चायाँले व्यक्तित्वमा समेत प्रभाव पर्छ । 

केटा होस् वा केटी दाग वा कुनै पनि निशान अनुहारमा देखिनु राम्रो मानिदैन ।  अनुहारमा भएको कालो दाग वा डन्डिफोरको दाग हटाउन मानिसले मेडिकल ट्रिटमेन्टदेखि घरेलु उपायसम्म अउनाउँछन् । तीमध्ये पहिलो रोजाइ र उपचार भनेको घरेलु उपाय नै हो । गोरो र चम्किलो अनुहार सबैलाई मन पर्छ र आकर्षक पनि देखिन्छ । 

लामो समयसम्म घाममा रहदा, प्रदूषण, उमेर बढ्दै जाँदा, हार्मोनमा हुने परिवर्तनका कारण पनि अनुहार कालो र नराम्रो हुन्छ । जसले तपाईंहाम्रो सौन्दर्यतामा नराम्रो प्रभाव पार्छ । कतिपयले अनुहारको यस्तो दाग हटाउन कस्मेटिक उपाय पनि अपनाउछन् । तर, त्यसको साइड इफेक्ट पनि हुन सक्छ । त्यसैले सकेसम्म घरेलु उपचार नै गर्नु पर्छ ।

-दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ।

– कागतीको रसमा ब्लिचिङ गुण हुन्छ। यसले कालो धब्बा हटाउन मद्दत गर्छ। यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ।

– दूधमा ल्याक्टिक एसिड पाइन्छ। काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ।

– घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ। यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ। यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ।

– बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन्।

– आलुलाई स्लाइस पारी काट्ने। यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ।

– आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ।

– बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ।

– पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ।

– प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ। साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ।

– भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ।

– ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस्। यसलाई अनुहारमा लगाउनुहोस्। यसले छालामा चमक ल्याउँछ।

– तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस्। यसले छालाको तेललाई नियन्त्रण गर्छ।

– हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस्। यसले अनुहारलाई नरम बनाउँछ। यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पुर्‍याउँछ।

– केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ।

– गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ।

– गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ।

– घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ।

– खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ।

– काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ।

— एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई