न त गासको न टुङ्गो बासको

        मैले के गरेर खाम

&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...         न त गासको न टुङ्गो बासको

        मैले के गरेर खाम

&nbs"/>

2026-09-20 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकार ! के गरेर खाम ’

 फागुन २०, काठमाडौँ ।‘सर्टिफिकेट छ डिग्री पासको

        न त गासको न टुङ्गो बासको

        मैले के गरेर खाम

        देशमै भोकै बसम् की

       खाडीतिर पसम् की

       सरकार ! लौन निधो पाम…’ (पुरुष)

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’ को पहिलो टुक्का हो, यो । बैंकले ऋण नपत्याएपछि ती बेरोजगार युवा सरकारसामु प्रश्न गर्छन् ।

           ‘पढेकी हुँ बेचेर खेतबारी

       अहिले खान पुग्दैन पेटभरी

                         मैले के गरेर खाम…’ (महिला)

सर्टिफिकेट राखेर ऋण झिक्न पाइने सरकारी निर्णय सुनेर बैंकमा पुगेका युवालाई कर्मचारीले धितो/आयस्रोत नभई ऋण दिन नसिकने भन्दै रित्तो हात फर्काउँछन् । उल्टै सरकारसँग गएर ऋण माग्नु भनेर रुखो जवाफ लगाउँछन् ।  

गीतमा प्रयुक्त संवादले शैक्षिक कर्जा कार्यान्वयनमा देखिएको सकसलाईसमेत दर्शाउँछ । यसरी देशमै स्वरोजगार बन्नबाट बञ्चित शिक्षित युवाको मनोदशा र त्यसले उब्जाएका प्रश्न गीतमा मुखरित छन् । गीतको रचना गर्भ पनि यही हो । 

सिर्जना गर्दा जहिल्यै जनजीवनका मुद्दा रोज्ने लोकगायक विष्णु खत्री र गायिका सजना बास्तोलाद्वारा स्वरबद्ध यस गीत युट्युबमा सार्वजनिक भएको भर्खर २४ घण्टा बितेको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलबाट सार्वजनिक गीतको म्यूजिक भिडियोले विस्तारै ‘भ्यूज’ पनि बटुल्दै छ । 

सर्जक तथा गायक खत्रीले गीतको मार्फत् नेपालमा व्याप्त शैक्षिक बेरोजगारीको समस्यालाई उजागर गर्न खोजिएको बताउनुभयो । “नागरिकलाई गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी दिलाउनु सरकारको दायित्व हो”, उहाँले भन्नुभयो, “यिनै मुद्दामा गीत लक्षित छ, कोही बेरोजगार नहोस, उत्पीडनमा पर्नु नपरोस्, राज्यले अभिभावकत्व लिइदिओस् ।”

स्वदेशमा रोजगारीको अभावले अहिले पनि दैनिक सयौँ नेपाली युवा विदेश भौँतारिनुपर्ने स्थिति छ । शैक्षिक जनशक्ति पलायन पनि उत्तिकै छ । समृद्ध, समुन्नत र न्यायपूर्ण समाज र देश निर्माणमा पनि गीतले सिर्जनात्मक खबरदारी गरेको लोकगायक खत्रीले सुनाउनुभयो । म्यूजिक भिडियोमा कलाकार विनोद न्यौपाने र जुना सुन्दासले गरेको अभिनयले गीतबाट दिन खोजेको सन्देशलाई सरल तर कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । लोकसङ्गीत क्षेत्रका चर्चित गायक÷सर्जक खत्रीका यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित कैँयन गीत सार्वजनिक भइसकेका छन् । 

उहाँका ‘भरिया दाइ’, ‘अन्तरजातिय विवाह’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘किसानी दाइ’, ‘आमा म मरेको छैन’ लगायतका गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका खत्री दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो