१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

२२ फाल्गुन २०७८, आईतवार १०:५३

फागुन २२, काठमाडौँ  ।  आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन्दा धेरै ठगी गरे ।

जब ती व्यक्तिको पोल खुल्न पुग्यो तब सबै हैरान भए । ठगीको यस्तो उपाय पनि हुन्छ भन्ने धेरैले कल्पना पनि गरेका थिएनन् ।

बच्चाको हेरचाह र पालनपोषणका लागि सरकारले दिने रकम दम्पच पार्नका लागि ती व्यक्तिले आफ्ना १ सय ८८ जना बच्चा रहेको भन्ने नक्कली कागज पेस गरेर बेलायत सरकारबाट झण्डै ३० करोड रुपैयाँ बराबरको रकम हात पारेका थिए ।

अली बाना मोहम्मद नामका ती व्यक्ति आफ्ना १८८ जना नकक्ली बच्चाको सूची तयार पार्नका लागि केही साथी तथा नातेदारको सहयोग लिएका थिए । तर खासमा उनका एकजना पनि बालबच्चा छैनन् ।

उनले आफ्ना सारा १८८ जना काल्पनिक बच्चाको जानकारी आफ्नो डायरीमा लेखेका थिए । त्यसैको आधारमा उनले गुजारा भत्ता लिनका लागि सरकारी निकायमा दाबी पेश गर्दथे । राजश्व तथा भन्सारका अनुसन्धानकर्ताहरुलाई आशंका नहुँदासम्म उनले बच्चाको पालन खर्च र करछुटबापत करोडौं रकम झ्वाम पारेका थिए ।

दुईवटा फोन नम्बरबाट धेरैपटक रकम दाबीका लागि फोन आउने गरेको र बच्चाको नामचाहिं पटकै पिच्छे फरक-फरक हुने गरेको पाएसँगै पेन्सन विभागलाई शंका लाग्यो । त्यसपछि घटनाको अनुसन्धान सुरु गरियो जसबाट उक्त ठगीको पर्दाफास भयो ।

उक्त काण्डमा संलग्न ६ जनालाई अन्ततः बेलायतको लिभरपुल क्राउन अदालतले कूल १३ वर्षको जेल सजाय सुनाएको छ । यसका मास्टरमाइन्ड अर्थात् १ सय ८८ काल्पनिक बच्चाको नक्कली पिता अलीलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ । अली यसअघि १६ वर्ष जेल बसिसकेका छन् ।

अनुसन्धानका क्रममा अलीले विभिन्न ७० वटा फरक फरक नामबाट कुल १ सय ८८ बच्चाको लागि पालनपोषण खर्च लिएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति?