2026-07-24 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराको नागरिकता पाएपछि ज्वाइँले पुर्खौली सम्पत्तिमा हिस्सा खोजे…..

फागुन २३, सप्तरी  । ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाइदिएपछि थप पीडा भोग्नुपरेको  छ  ।  

नागरिकता  पाएपछि  ज्वाइँले  पुर्खौली  सम्पत्तिमा  हिस्सा खोजेपछि उनको नागरिकता बदरको  माग  गर्दै  १०  वर्षअघि  सप्तरी  प्रहरीमा  गरेको  उजुरी  उपर  कारबाही  नहुँदा ससुरा पीडित बनेका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–३,  सकरपुराका सातैन  मुखियाले  ग्राम  पञ्चायत छिटहीका लक्ष्मी  मुखिया (आफ्नै  दाइको  ज्वाइँ)लाई  छोरा  बनाएर  नेपाली   नागरिकता   बनाइदिएपछि   समस्या  भएको  शम्भु  मुखियाले  बताए ।   

आफ्नै फुपू चन्द्रकला  देवीको  श्रीमान्  लक्ष्मी  मुखियाले  किर्ते  नागरिकता लिएर आफ्नो सम्पत्तिमा अंशियार भएको दाबी गर्दै आएकोविरुद्ध  प्रहरीमा  उजुरी दिएको शम्भुले बताए ।

पीडितका  बुवा चन्देश्वर    मुखिया    भन्नुहुन्छ,    सुपौल   जिल्लाको   छिटही   ग्राम   पञ्चायत   विवाह   गरेर   गएकी   आफ्नी  बहिनी  चन्द्रकला मुखियाले  माइतीमा  आएर  आफ्नै  ठूलो  बुवालाई  आफ्नो  श्रीमान्को  बुवा  भनेर  फर्जी  कागजात  बनाई  जिल्ला प्रशासन    कार्यालयबाट  २०३५  सालमा नागरिकता बनाइदिएको  बताए ।

उनले  सोही आधारमा आफूहरूले प्रहरीमा  नागरिकता छानबिनका   लागि  जिल्ला  प्रहरी  कार्यालयमा  जाहेरी  दिएको  तर  जिल्ला  प्रहरी  कार्यालयले  उक्त  निवेदनमाथि  कुनै  अनुसन्धान   नगरेपछि   अदालतमा   रिट   हालेको   र   जिल्ला   प्रहरी   कार्यालयले   अदालतको   पटक–पटक  अवहेलना  गरेको  कागजात  देखाउँदै  आफूहरूलाई न्याय चाहिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक