१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षीय बालिकालाई समेत ‘विष’ खुवाएर परिवारका सबै सदस्यले किन गरे आत्महत्या प्रयास ?

२४ फाल्गुन २०७८, मंगलवार ०८:०७

फागुन २३, काठमाडौँ । ‘सुसाइड’ नोट लखेर आत्महत्याको प्रयास गर्ने काठमाडौंमा एकै परिवारका पाँचजनाबारे प्रहरी अनुसन्धान जारी छ । पाँचमध्ये एकजनाको मृत्यु भएको छ । चारजनाको अचेत अवस्थामा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा गए राति एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेलापरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ  ।

६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरू बोल्न नसक्ने अवस्थामा छन् । डल्लु स्थायी ठेगाना भएका उनीहरू नागार्जुन–६, डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

प्रहरीले घटनास्थलमा विषाक्त औषधिको बट्टा फेलापारेको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोट समेत बरामद गरेको छ । जहाँ उनीहरूले पछिल्लो एक साताको दैनिकी लेखेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा ६२ वर्षीया इन्दिरामाया क्यान्सर रोगी रहेको र अर्का एक सदस्य मानसिक रोगी रहेको खुलेको छ । यसबाहेक एकजना शारीरिक रूपमा अशक्त रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुहारी एक सहकारी संस्थामा काम गर्दै आएको खुलेको एक प्रहरी अधिकारीले बताए ।

प्रहरी अधिकारीहरूका अनुसार चरम आर्थिक संकट र पारिवारिक तनावले उनीहरूले आत्महत्याको बाटो रोजेको हुन सक्ने सम्भावना छ । एक प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले सुसाइड नोटमा परिवारभित्रको मानसिक तनाव र आर्थिक संकटबारे लेखेका छन् ।

ती अधिकारीले भने, “सुसाइड’ नोट हामीले अध्ययन गरिरहेका छौँ । घटनाकै बारेमा पनि अनुसन्धान जारी छ । अहिले नै सबै कुरा भन्ने अवस्थामा हामी छैनौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय