2026-07-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षीय बालिकालाई समेत ‘विष’ खुवाएर परिवारका सबै सदस्यले किन गरे आत्महत्या प्रयास ?

फागुन २३, काठमाडौँ । ‘सुसाइड’ नोट लखेर आत्महत्याको प्रयास गर्ने काठमाडौंमा एकै परिवारका पाँचजनाबारे प्रहरी अनुसन्धान जारी छ । पाँचमध्ये एकजनाको मृत्यु भएको छ । चारजनाको अचेत अवस्थामा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा गए राति एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेलापरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ  ।

६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरू बोल्न नसक्ने अवस्थामा छन् । डल्लु स्थायी ठेगाना भएका उनीहरू नागार्जुन–६, डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

प्रहरीले घटनास्थलमा विषाक्त औषधिको बट्टा फेलापारेको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोट समेत बरामद गरेको छ । जहाँ उनीहरूले पछिल्लो एक साताको दैनिकी लेखेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा ६२ वर्षीया इन्दिरामाया क्यान्सर रोगी रहेको र अर्का एक सदस्य मानसिक रोगी रहेको खुलेको छ । यसबाहेक एकजना शारीरिक रूपमा अशक्त रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुहारी एक सहकारी संस्थामा काम गर्दै आएको खुलेको एक प्रहरी अधिकारीले बताए ।

प्रहरी अधिकारीहरूका अनुसार चरम आर्थिक संकट र पारिवारिक तनावले उनीहरूले आत्महत्याको बाटो रोजेको हुन सक्ने सम्भावना छ । एक प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले सुसाइड नोटमा परिवारभित्रको मानसिक तनाव र आर्थिक संकटबारे लेखेका छन् ।

ती अधिकारीले भने, “सुसाइड’ नोट हामीले अध्ययन गरिरहेका छौँ । घटनाकै बारेमा पनि अनुसन्धान जारी छ । अहिले नै सबै कुरा भन्ने अवस्थामा हामी छैनौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक