2026-07-25 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी

फागुन २४, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो ।

घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले उक्त सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई त्यसका सञ्चालकले जागिरका लागि फारम भर्ने बहाना बनाई रु ३०० देखि रु ५०० सम्म शुुल्क लिने गरेका पाइएको छ । उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर रु एक हजारदेखि छ हजारसम्म असुल्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको महाशाखाको टोलीले जागिर लगाइदिने बहानामा ठगी गरेको पाइएपछि केही जब सेन्टरमा सञ्चालकलाई कानुनी दायरामा ल्याएको छ । महाशाखाबाट परिचालित टोलीले काठमाडाँैको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानमा कार्यालय नै खोलेर शुल्कसमेत लिई ठगी गरेको पाइएपछि नौ जनालाई पक्राउ पनि गरेको छ ।

सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिइने तथा दिए पनि केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरिएको प्रहरीले जनाएको छ । उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्कमै रहेको अर्काे जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने गरेको पनि महाशाखाले जनाएको छ ।

ठगी गर्ने पक्राउ 

यसरी ठाउँठाउँमा जब सेन्टरको नाममा ठगी गर्नेमध्ये हालसम्म नौ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिस सञ्चालक गर्ने अर्घाखाँचीका भई अमर पाण्डे, सोही जिल्ला घर भई काठमाडौँको पेप्सिकोला बस्ने तिलकराम पाण्डे, लमजुङ दूधपोखरी घर भई काठमाडौँको तारकेश्वर बसी बालाजु दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका वर्ष २२ का आनन्द मरहठ्ठा र सिराहा घर भई ललितपुर बस्ने एनएन मल्टिपर्पाज प्रालिका सञ्चालक विवेक यादव रहेका छन् । 

यस्तै ओखलढुङगा घर भई काठमडौँ बस्ने एविएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक  वर्ष २८ का अश्विन राई, सिन्धुलीको फिक्कल घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालक गर्दै आएका वर्ष २२ का घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिपर्पाेज प्रालि सञ्चालक सिर्जना लामिछाने, कोटेश्वरस्थित क्वीकमाण्डु एमपि प्रालिका सञ्चालक ज्ञानु न्यौपाने, सोही ठाउँमा अनमोल जब मल्टिपल प्रालि सञ्चालन गर्दै आएका रामवचनकुमार यादव पनि पक्राउ परेका छन् । 

उनीहरूलाई आवश्यक कारबाहीका लागि नजिकका प्रहरी कार्यालयमा पठाइएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा जागिर लगाइदिने प्रलोभनमा ठगी गरेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक