२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति क्षेत्र विकास कोषद्वारा मिलिमतोमा ठेक्का दिने गरि बोलपत्र आव्हान

२५ फाल्गुन २०७८, बुधबार ०३:१२

फागुन २५, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले मिलेमतोमा एक कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान खुलेको छ। विश्वरूपा मन्दिर तथा सत्तल निर्माणका लागि मिलेमतोमा धर्म एस निर्माण सेवा काभ्रेलाई दिन खोजेको पाइएको हो। 

कोषले उसैलाई मिल्नेगरी मापदण्ड बनाएको तुलसी कन्स्ट्रसनका सञ्चालक रामप्रसाद बासीले बताए। हामी अरु निर्माण व्यावसायीले विरोध गरेपछि कोषले मापदण्ड परिमार्जनसमेत गर्न खोजेको थियो,’ उनले भने, ‘त्यो पनि चित्तबुझ्दो भएन ।’

कोषले स्ट्यान्र्डड बिडिङ डकुमेन्ट (एसबीडी) मा पाँच वर्षभित्रको सबैभन्दा उपयुक्त तीन आर्थिक वर्षको औसत ६४ करोडको काम गरेको हुनुपर्ने उल्लेख गरेको थियो। सकारी निकायमा १८ महिनाभित्र ५५ करोडको कार्य गरेको र पाँच वर्षभित्रको निर्माण कार्यको अनुभव राख्न सार्वजनिक खरिद ऐन, नियम र एसबीडीबमोजिम मिल्दैन।

६४ करोड रुपैयाँको सट्टा ३० करोड र विशेष कार्य अनुभव ५५ करोडको सट्टा ३२ करोड राखी कार्य अनुभवमा १८ महिनाको सीमा राख्न नमिल्ने उनले बताए। कोषले २०७७ पुस ९ गते विश्वरूपा मन्दिर र सत्तल पुनर्निर्माणको ठेक्काका लागि बोलपत्र आह्वानको सूचना जारी गरेको थियो।

- यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…