२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब लामखुट्टेको टोकाइबाट लाग्ने जिका, डेङ्गु र चिकनगुनियाको निःशुल्क पिसिआर परीक्षण

२५ फाल्गुन २०७८, बुधबार ०७:५३

फागुन २५, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।  

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो । 

यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । प्रयोगशालाका प्रवक्ता राजेश गुप्ता विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पिसिआर परीक्षण गर्ने गरेको बताउनुभयो । 

तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् । 

दिउँसो सुत्दा पनि झूल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामाखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य