२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु

२६ फाल्गुन २०७८, बिहीबार ०५:११

फागुन २६, काठमाडौँ । अनुवंशिक रूपमा परिमार्जित गरिएको सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । मुटुको गम्भीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए ।

बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक्टरहरूले धेरै दिनदेखि उनको स्वास्थ नाजुक बन्दै गइरहेको र अन्तत: ८ र्माचमा उनको मृत्यु भएको बताएका छन् ।

बेन्नेटलाई शल्यक्रियाअघि नै निकै खतरा रहेको र शल्यक्रियाको प्रक्रिया 'अँध्यारोमा निशाना लगाउनु'जस्तै भएको बताइएको छ । बेन्नेट बाँच्ने सम्भावना नभएको देखिएपछि अमेरिकाको चिकित्सा नियमन निकायले युनिभर्सिटी अफ म्यारिल्यान्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई सुँगुरको मुटु प्रत्यारोपणका लागि विशेष अनुमति प्रदान गरेको थियो । मुटु प्रत्यारोपण गरिनुअघि पनि ६ सातासम्म निकै थला परेका उनलाई मेसिनको सहयोगले बचाएर राखिएको थियो ।

७ जनवरीमा उनको मुटु प्रत्यारोपण कार्य सफल भएको थियो । डाक्टरहरूले केही सातापछि उनले परिवारसँग दिन बिताएको, सुपर बाउल हेरेको र घरमा गएर आफ्नो कुकुर 'लकी'सँग भेट्ने इच्छा व्यक्त गरेको बताएका छन् ।

उनको मुट प्रत्यारोपण गरेका डाक्टर बार्टली ग्रिफिथले उनी साहसी र असल बिरामी भएको तथा उनले अन्तिम समयसम्म बाँच्न संघर्ष गरेको बताएका छन् ।

समाचार एजेन्सी एपीकाअनुसार उनको छोरा डेबिड जुनियरले आफूले आफ्नो पिताका प्रत्यारोपणलाई आशाको अन्त्यको रूपमा नभई सुरुआतको रूपमा लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य