2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु

फागुन २६, काठमाडौँ । अनुवंशिक रूपमा परिमार्जित गरिएको सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । मुटुको गम्भीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए ।

बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक्टरहरूले धेरै दिनदेखि उनको स्वास्थ नाजुक बन्दै गइरहेको र अन्तत: ८ र्माचमा उनको मृत्यु भएको बताएका छन् ।

बेन्नेटलाई शल्यक्रियाअघि नै निकै खतरा रहेको र शल्यक्रियाको प्रक्रिया ‘अँध्यारोमा निशाना लगाउनु’जस्तै भएको बताइएको छ । बेन्नेट बाँच्ने सम्भावना नभएको देखिएपछि अमेरिकाको चिकित्सा नियमन निकायले युनिभर्सिटी अफ म्यारिल्यान्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई सुँगुरको मुटु प्रत्यारोपणका लागि विशेष अनुमति प्रदान गरेको थियो । मुटु प्रत्यारोपण गरिनुअघि पनि ६ सातासम्म निकै थला परेका उनलाई मेसिनको सहयोगले बचाएर राखिएको थियो ।

७ जनवरीमा उनको मुटु प्रत्यारोपण कार्य सफल भएको थियो । डाक्टरहरूले केही सातापछि उनले परिवारसँग दिन बिताएको, सुपर बाउल हेरेको र घरमा गएर आफ्नो कुकुर ‘लकी’सँग भेट्ने इच्छा व्यक्त गरेको बताएका छन् ।

उनको मुट प्रत्यारोपण गरेका डाक्टर बार्टली ग्रिफिथले उनी साहसी र असल बिरामी भएको तथा उनले अन्तिम समयसम्म बाँच्न संघर्ष गरेको बताएका छन् ।

समाचार एजेन्सी एपीकाअनुसार उनको छोरा डेबिड जुनियरले आफूले आफ्नो पिताका प्रत्यारोपणलाई आशाको अन्त्यको रूपमा नभई सुरुआतको रूपमा लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो