२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२०७९ सालको दशैँ बिदा लम्बियो, अरु कुन-कुन दिन बिदा ?

२०७८, २७ फाल्गुन शुक्रबार ०७:१६

फागुन २७, काठमाडौँ । विहीबार बसेको मन्त्रिपरिषदले गरेको निर्णय अनुसार आगामी वर्ष २०७९ मा दशैं बिदा लम्बिने भएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार विहीबार सबेको मन्त्रिपरिषद् बैठकले २०७९ मा दशैँ बिदा लम्ब्याएको हो । बिदा सूचीअनुसार दशैंको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ ।

नयाँ वर्षको दिन वैशख १ गते, उभौलि पर्वको अवसरमा जेठ २ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ ४ गते, घटनास्थपनाका दिन असोज १० गते, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ । 

यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ १ गते, सोनाम लोसार माघ ८ गते, महाशिवरात्रि फागुन ६ गते, ग्याल्पो लोसार फागुन ९ गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला र तराईमा फागुन २३ गते सार्वजनिक बिदा हुनेछ । 

यसबाहेक क्षेत्र विशेषका लागि गाईजात्रा (देशभरका नेवार समूदाय), गौरा पर्व, मोहम्मद जयन्ती सिरुवा पावनीको अवसरमा पनि बिदा हुनेछ । यसैगरी महिला कर्मचारीका लागि तीजको दिन, जितिया पर्वको बिदा हुनेछ भने बसन्त पञ्चमीको दिन माघ १२ गते शिक्षण संस्था बिदा हुनेछ । 

यसैगरी उपत्यकाको हकमा गाईजात्रा, इन्द्रजात्रा, मत्येन्द्रनाथको रथ देखाउने जात्रा र घोडेजात्राको दिन बिदा हुनेछ भने दशैँ बिदा असोज १६ देखि २१ गते र तिहार बिदा कात्तिक ७ र ८ , ९ र १० गते हुनेछ । 

यस्तै दिवस बिदाको रुपमा मजदुर दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र महिला दिवसका दिन सार्वजनिक बिदा दिइने छ भने जन्यजयन्तीको रुपमा बुद्ध जयन्ती, फाल्गुनान्द जयन्ती, गुरु नानक जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने