२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल विवादमामा

२९ फाल्गुन २०७८, आईतवार ०६:५२

फागुन २९, काठमाडौँ । भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल कानुनी समस्यामा परेका छन् ।अरुणिता र पवनदीपले अक्टोपस इन्टरटेनमेन्ट कम्पनीसँग म्युजिक एल्बम सुटिङ गर्न अस्वीकार गरेपछि कन्नु कम्पनीले अदालतको सहारा लिएको बताइएको छ ।   ‘इण्डियन आइडल–१२’ सकिएको महिनौं बित्दा पनि उनीहरूको लोकप्रियता कम भएको छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छ । 

दुवैमाथि सम्झौतापछि म्युजिक एल्बम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्युजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।

यो सम्झौताअनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरूले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।

यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले धेरै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।

सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । हाल यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै