१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई सभामुखको आग्रह

२९ फाल्गुन २०७८, आईतवार ०९:२८

फागुन २९, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई विशेष अनुरोध गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदलाई संसद् बैठक अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकामा जनता र राष्ट्रका समस्यामा सांसदहरुले छलफल गर्न नपाएकोप्रति ध्यानाकर्षण गराउँदै सो आग्रह गर्नुभएको हो ।

सभामुख सापकोटाले भन्नुभयो, “माननीय सदस्यहरुले मलाई पटक–पटक ध्यानाकर्षण गराउनुभएको छ । संसद्लाई प्रभावकारी बनाउन आम रुपमा प्रश्न उठिरहेको छ ।” सभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यसमेत संसदमा जारी अवरोधका कारण प्रभावित हुन पुगेको छ ।

उहाँले विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयोे । एमालेले संसद्को चालु अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सभामुखले सूचना टाँस नगरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी