२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भान्सामा अत्यावश्यक धनियाँदेखि तेलसम्म युक्रेन र रुसबाट

३० फाल्गुन २०७८, सोमबार ०२:५४

फागुन ३०, काठमाडौँ । नेपाली भान्साको पहिचान नै हो- तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात-निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन्।

युक्रेन र रूसबाट ल्याइरहेको सामान अब अरू देशबाट ल्याउँदा धेरै महँगो पर्छ। युक्रेनबाट प्रत्यक्ष रूपमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबराबरको ४५ प्रकारका सामान भित्रिएको भन्सार विभागको तथ्यांक छ। नेपालले यही अवधिमा रूसबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजार रुपैयाँको ९१ प्रकारका वस्तु ल्याएको छ। यो तथ्यांक चालू आर्थिक वर्षको सात महिना अर्थात् माघसम्मको हो।

युक्रेनबाट यही अवधिमा १ करोड १२ लाख ३३ हजार रुपैयाँको १ लाख ६८ हजार किलो केराउ भित्रिएको छ ।१ लाख १० हजार २ सय ६० किलो धनियाँको बीउ ल्याउँदा १ करोड १९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ। ३ अर्ब ९५ करोड ३७ लाख २४ हजारको ४ करोड ४५ हजार ५७ किलो तोरीको दाना खरिद गरिएको छ। ४८ लाख ४३ हजार ९ सय ८८ लिटर कच्चा सोयाबिन तेल ७९ करोड ४७ लाख ९० हजारमा आयात गरिएको छ। ५ करोड ७३ लाख ६४ हजार ४५८ लिटर सूर्यमुखी तेल ९ अर्ब ५१ करोड ६३ लाख ६० हजार रुपैयाँमा आयात भएको छ । यसबाहेक १ लाख ८९ लिटर सूर्यमुखीको बीउ र कुसुमको तेल ३ करोड ७५ लाख ८४ हजार रुपैयाँको आयात भएको छ। कुकुर र बिरालोको खाना ८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ९१ किलो आयात गरिएको छ। 

- आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही