2026-07-25 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई भीम रावलको जवाफ- प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ

फागुन ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको एमाले नेता भीम रावलले जवाफ दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो?’ भन्दै प्रश्न गरेका थिए। 

जवाफमा रावलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू उपप्रधान र रक्षामन्त्री रहेको स्मरण गर्दै सो समयमा सम्झौता सदनमा नल्याइएको बताएका छन् । सार्वजनिक तथ्यको जानकारी समेत नराखी झूठा बोल्ने प्रधानमन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ भन्दै टिप्पणी रेका हुन् ।

नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी अनुमोदन गर्दा अहिले त्यतिबेलाका रक्षामन्त्री रावलले विरोध गरेकोमा दिमाग फुस्किएको आरोप लगाएपछि रावलले जवाफ फर्काएका हुन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झूठा बोल्ने प्रमको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा ‘किन रावललाई मात्र टाउको दुख्छ भन्ने प्रश्नको जवाफमा भनेका छन्, ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने सपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो ।’

रावलले प्रधानमन्त्री देउवालाई थप बहस गर्ने इच्छा भए बहस गर्न चुनौती पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक