2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ वर्षअघिको भ्रष्टाचार ब्यूँत्याउँदै अख्तियार, मरिसकेका मान्छेविरुद्ध पनि मुद्दा दायर

फागुन ३०, पोखरा । २०५१ सालको बैशाख ११ गते तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो ।

साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाई गैरकानुनी रुपमा जग्गा बेचेपछि समितिविरुद्ध उजुरी पर्‍यो ।

समितिका तत्कालीन अध्यक्ष याम बहादुर बानिया, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी सहित ७ जना विरुद्ध उजुरी परेको थियो । समितिका सदस्यहरु घनश्याम बानिया, हरि कुमारी महत, धुन बहादुर पुलामी, ज्ञान बहादुर बानिया र खडक बहादुर बानिया सहितले १ लाख ६९ हजार रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

विक्रि भएको जग्गाको १ लाख ६९ हजार विगो कायम गरेर उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरिएको हो । आरोपित मध्ये याम बहादुर, धुन बहादुर, ज्ञान बहादुर र खडक बहादुरको मृत्यु भैसकेको छ । मृत्यु भएपनि उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले उनीहरुसँग मागदावी लिइएको छ ।

सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आँफैले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेहरुलाई समेत अख्तियारले आरोपी बनाएको छ । सन्त बहादुर सिजालीमगर, तिलुदेवी वराल, डोलराज आचार्य, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर बिक, बलराम वानिया, बुद्दिमाया बिक, बाबुराम बानिया, लोक बहादुर माकिम, पूर्ण बहादुर बिक र धन बहादुर बिकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोग चलन गरेका थिए ।

उनीहरुलाई मतियारको रुपमा कारबाही माग गरिएको छ । भोगचलन गरिरहेकाहरुबाट जग्गाको भोग हटाई जफत गर्न माग गरिएको अख्तियार प्रबक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भोगचलन गरेका मध्ये लोक बहादुर, डोलराज र धन बहादुरको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक