२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा मोतियाबिन्दुको निःशुल्क उपचार

२ चैत्र २०७८, बुधबार ०५:३२

चैत २, त्रिशूली । सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोट र रसुवाका १९१ मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ । नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको हो । 

केन्द्रका प्रमुख ताराबहादुर वाइवाका अनुसार नुवाकोटको उर्लेनी, लच्याङ, बुङताङ, तारुका, बेलकोट र रानीपौवामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा मोतियाबिन्दुका बिरामीलाई केन्द्रको शल्यक्रिया कक्ष विदुरमा सोमबार र मङ्गलबार दुई दिन निःशुल्क शल्यक्रिया सेवा दिइएको थियो ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका नेत्ररोग विशेषज्ञसहित छ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेर ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफल भएको हो । जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञ डा मनिता अमात्यले बताउनुभयो । शिविरमा जाँच गर्न आएकामध्ये १० प्रतिशतमा रोगको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

“सङ्क्रमण पहिचान भएका व्यक्तिमा जन्मजातदेखिको मोतियाबिन्दु पाइएको छ भने रोग बढेर अन्तिम अवस्थामा पुगेका बिरामीसमेत भेटिएका छन्”, उहाँले भन्नुभयो, “सरुवा रोगबाट सुरक्षित रहन हात धुन र मास्क लगाउनुपर्छ भन्ने चेतना पाइए पनि आँखाको सरसफाइसम्बन्धी ज्ञान भने निकै कम पाइयो ।”

विभिन्न छ स्थानमा गरिएको शिविर तथा जाँच गराउन आएका बिरामीमध्ये १० प्रतिशतमा मोतियाबिन्दु पहिचान भएकाले यस आर्थिक वर्षमा थप २५ स्थानमा शिविर चलाउने तयारी गरिएको केन्द्रका प्रमुख वाइवाले जानकारीदिनुभयो ।  उहाँका अनुसार निःशुल्क शिविर सञ्चालन गरेर मोतियाबिन्दुका बिरामी खोज्न आवश्यक कार्ययोजना, बजेटको तर्जुमा, विशेषज्ञ चिकित्सकलगायतको प्रबन्ध मिलाएर दुई जिल्लामा एक हजार मोतियाबिन्दु भएका बिरामीको आँखाको ज्योति फर्काउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ