2026-09-19 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले रुसबाट कच्चा तेल किने युद्धमा रुसको नेतृत्वलाई सहयोग गरेसरह हुनेछ- अमेरिका

चैत २, काठमाडौँ । भारतले रुसबाट छुटसहित सस्तो मूल्यमा कच्चा तेल किन्ने योजना बनाएपछि अमेरिकाले भारतलाई त्यसो नगर्न आग्रह गरेको छ । रुसबाट तेल किनेमा युक्रेन युद्ध चलिरहेको बेलामा मस्कोको नेतृत्वलाई सहयोग गरेसरह हुने अमेरिकाको भनाइ छ । 

एक भारतीय अधिकारीले रुसको तेल सस्तोमा किन्न पाए आफू खुशी हुने बताएपछि अमेरिकाको टिप्पणी आएको हो । यस विषयमा ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीलाई सोध्दा उनले युक्रेनमाथि रुसको आक्रमण भइरहेको बेलामा रुससँग कारोबार गर्दा इतिहासले के भन्छ भनी मुलुकहरूले सोच्नुपर्ने बताइन् । तर भारतले रुससँग तेल किन्दा पश्चिमको आर्थिक प्रतिबन्ध भारतमाथि नलाग्ने उनले स्पष्ट पारिन् । 

उनले भनिन्, ‘रुसमाथिको आर्थिक प्रतिबन्धलाई पालन गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौं । भारतले रुससँग तेल किन्दा प्रतिबन्ध उल्लंघन गरेको त मानिँदैन । तर यस्तो बेलामा कसको पक्षमा उभिएको भनी इतिहासको पुस्तकमा लेखिने कुरामा विचार गर्नुहोस् । रुसले युक्रेनमाथि गरेको आक्रमणको विनाशकारी असर परिरहेको छ । यस्तो बेलामा रुसी नेतृत्वलाई समर्थन गर्नु भनेको आक्रमणलाई समर्थन गर्नु हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो