मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ

३ चैत्र २०७८, बिहीबार ०७:५६

चैत ३, काठमाडौँ । लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । 

मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो । 

उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९१।७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ । 

पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन् । यस्तै नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ । त्यस्तै मोरङको बेलबारीकी ३१ वर्षीय कविता गुरुङ र काभ्रेपलान्चोकका ३३ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन् । गुरुङलाई लागुऔषध उपलव्ध गराउने सुनसरीका २२ वर्षीय मिथुनकुमार याद र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ ।

यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौँबाट पक्राउ गरिएको छ । उनीहरु सबैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी