२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि हमला

६ चैत्र २०७८, आईतवार ०१:०१

चैत ६, काठमाडौँ । आज २० मार्च २०२२  । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः 

इराकमाथि हमलाः

सन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्रेलिया र पोल्यान्डले सहयोग गरेका थिए । राष्ट्रसंघले अबैधानिक भनेको उक्त सो युद्धमा हजारौँ इराकीको मृत्यु भएको थियो । 

इराक हमलामा ४ हजार ४३१ अमेरिकी मारिएका थिए । अमेरिकामा सेप्टेम्बर ११ को अतिवादी हमलापछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस प्रशासनको अतिवादीविरुद्धको लडाइँको एउटा अंशको रुपमा सो युद्ध भएको थियो । यद्यपी सो हमला र इराकबीच कुनै सम्बन्ध थिएन । 

टोकियो सबवेमा विषाक्त ग्यास 

सन् १९९५ मा जापानमा अतिवादीले टोकिाये सबवेमा विषाक्त ग्यास चुहावट गरिदिएका थिए । धार्मिक समूह अम  शिनरिक्योका सदस्यहरूले विभिन्न रेलहरूमा घातक सारिन चुहाउने कन्टेनरहरू राखेपछि १२ जनाको मृत्यु भएको थियो भने  हजारौँ घाइते भएका थिए।

सापेक्षतावादको सिद्धान्त प्रस्तुत

सन् १९१६ मा सापेक्षतावादको सिद्धान्त प्रस्तुत गरेका थिए । क्रान्तिकारी सिद्धान्तले एकातिर पदार्थ र अर्कोतिर स्थान र समयको अन्तरनिर्भरताको वर्णन गर्दछ । यो भौतिकशास्त्रमा सबैभन्दा प्रभावशाली सिद्धान्तहरू मध्ये एक हो। 

अमेरिकी गृहयुद्धको दृश्य तय गरेको पुस्तक

सन् १८५२ मा अमेरिकी लेखिका ह्यारिट बिचर स्टोवीले अकंल टोम्स केबिन नामक कथा प्रकाशन गरेकी थिइन् । दासत्व विरोधी सो कथाले अमेरिकी गृहयुद्धको लागि दृश्य तय गर्न महत्वपूर्ण भूमिका  भूमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य