भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ । 

बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ । 

बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आह"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतमा गाउँमै प्रसुती सेवा लिनेलाई गाविसको हर्लिक्स उपहार

१३ भाद्र २०७३, सोमबार ०६:३०

भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ । 

बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आहारा स्वरुप एक केजी हर्लिक्स दिने गरेको गाउँ विकास समिति बाजुङका सचिव नविन क्षेत्रीले जानकारी दिए । साउनको १ गतेबाट गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई हौसला प्रदान गर्नको लागि उक्त कार्यक्रम ल्याएको उनले बताए । 

साउन १ गतेबाट शुरु भएको उक्त कार्यक्रमबाट सात जना लाभान्वीत भएको उनको तर्क छ । बाजुङमा रहेको स्वास्थ्यर्चौकीमा हाल प्रसुती सेवा गराए वापत सुत्केरी भत्ता १ हजार, चार पटक नियमित चेकजाँच गराए बापत ४ सय गरी १४ सय र नाबी मलम र न्यानो झोला उपलब्ध गराउँदै आएको सिअहेव शान्ता बहादुर अधिकारीले जानकारी दिए ।

स्वास्थ्यचौकीमा विगतको बर्षको तुलना राज्यले ७० प्रकारका औषधी निशुल्क दिने भनेता पनि ३५ प्रकारका औषधी पनि माग अनुसार पाउन नसकेको अधिकारीले गुनासो गरे । स्वास्थ्यचौकीमा माग अनुसारको औषधी जिल्ला अस्पताल पर्वतले उपलब्ध गराउन नसकेका कारण विरामीहरु गत बर्षको तुलनामा कम आउने गरेको उनको गुनासो छ । विरामीहरु अस्पातलमा आवश्यकता अनुसारको औषधी नपाइने भएपछि गत बर्षको तुलनामा यस बर्ष कम विरामी आएको र नीजि क्लिकमा जाने गरेको उने बताए । जिल्ला अस्पातालले आवश्यकता अनुसारको औषधी नियमित रुपमा दिएमा स्वास्थ्यचौकीमा सेवा लिनेको संख्या बढ्ने उनले बताए ।

बाजुङ स्वास्थ्यचौकीमा  षौंष्टिक आहार, प्रस्तुती सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व लगाएतका कार्यक्रमहरु संचालन भैरहेका छन् ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता