शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इला"/>
2026-07-26 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पलविरुद्धको अनुसन्धान अन्तिम चरणमा अधिकांश प्रमाण बलात्कार प्रमाणित गर्ने प्रकृतिका

चैत ६, तनहुँ ।  प्रहरी हिराशतमा रहेका एक १७ वर्षीया किशोरी गायिका बलात्कारका अभियुक्त पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो ।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको थियो । शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन, दोस्रो पटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको छ ।

एक १७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् । सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो ।

उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका थिए । कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

पलविरुद्ध तीनपटक म्याद थपिएको छ । पहिलोपटक सात दिन, दोस्रोपटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको छ ।

प्रहरी अनुसन्धानका क्रममा पलमाथिको आरोप प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासेजलाई पनि प्रमाणका रूपमा लिइएको छ । यस्तै, पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरिएको छ । घटनामा नाम जोडिएका अरू व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ । पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली