संगठनका अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संगठनका अ"/>
२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो, महामारीको अन्त्य अझै टाढा -डब्लूएचओ

२०७८, ६ चैत्र आईतवार ०९:२९

चैत ६, काठमाडौँ ।  विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अन्त्य हुन अझै धेरै समय लाग्ने जनाएको छ । धेरै देशहरूमा कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । 

संगठनका अनुसार ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलोपटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

यस्तै दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको जनाइएको छ । डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिंगापुर र दक्षिण कोरिया लगायतका देशहरुको सङ्क्रमण बढेको बताइएको छ । सिंगापुरमा शनिबार थप १० हजार २४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै हङकङमा एकै दिन १६ हजार ५९७ जना सङ्क्रमित थपिएका छन् । भने बेलायतमा २० जनामा १ जना ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित रहेको बताइएको छ ।

यस्तै  बेलायतले चौथो चरणमा कोरोनाविरुद्धको खोप दिने तयारी गरेको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह