२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज: आरआरआर शो सोल्ड हुने सम्भावना

८ चैत्र २०७८, मंगलवार ०७:२८

चैत ८, काठमाडौं । बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । 

फिल्मको अग्रिम बुकिङ सोमबार नै खुलेको छ । यति छिटो कुनै फिल्मको बुकिङ नेपालमा खुलेको यो पहिलो हुन क्छ । प्रायः बुधबार बुकिङ खोलिने भए पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल सञ्चालकहरू दर्शकमाझ प्रतीक्षित रहेको फिल्महरू प्रायः छिट्टै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकट बुकिङमै खरिद गर्नुपर्ने हुन्छ । 

टिकट नै खरिद गर्नुपर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरूमा शोहरू शुक्रबार अगाडि नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको बानी लगाउने निर्देशक राजमौलीकै फिल्म ‘आरआरआर’ रिलिज हुने भएकाले पनि नेपालमा यसको क्रेज बढेको हो ।

टुडी र थ्रीडी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्सअन्तर्गत लबिम मलमा आठ शो, सिभिल मलमा चार शो, ठमेलमा रहेको छायाँ सेन्टरमा सात शो, क्युएफएक्स भक्तपुरमा आठ शो थ्रीडीमा पाएको हो । 

क्युएफएक्सअन्तर्गतकै मोफसलमा रहेको थियटरमा पनि यसले राम्रो शो पाएको छ । क्युएफएक्सको विराटनगरमा पाँच शो, क्युएफएक्स बुटवलमा चार शो, क्युएफएक्स जालमा नारायणघाटमा चार शो, क्युएफएक्स विर्तामोडमा चार शो, क्युएफएक्स दमौली तीन शो पाएको छ । 

यस्तै टुडी प्रविधिमा क्युएफएक्सकै नेपालगन्जमा रहेको बागेश्वरी फिल्मलाई पाँच शो, क्युएफएक्सकै बुटवलमा रहेको हलमा चार शो,  विर्तामोडको वान स्टप सिनेमाजमा पनि यसले चार शो पाएको छ । क्युएफएक्सअन्तर्गतको काठमाडौंमा भक्तपुरमा दुई, छायाँ सेन्टर ठमेलमा दुई र लबिम मलमा एक शो पाएको छ । 

राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन । दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा पाँच शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा सात शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा सात शो, आइएनआइ सिनेमाअन्तर्गत लोत्से मलमा आठ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो छ ।

फिल्म नेपालमा ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । कम्पनीले जनाएअनुसार फिल्म एक सय २१ बढी पर्दामा शो हुनेछ । कम्पनीका वितरण प्रमुख नवीन शाक्यले शो आजभोलिमा अझै बढ्ने बताए । ‘फिल्मको लम्बाइ तीन घन्टा रहेकाले पनि केही शो घटेका छन् । यद्यपि आउँदो शुक्रबारसम्म शो बढ्ने छ, किनकि सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन्,’ नवीनले भने ।

लागत चार सय करोड बढी भएका कारण पनि आरआरआर चर्चामा छ ।  निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की