2026-09-20 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज: आरआरआर शो सोल्ड हुने सम्भावना

चैत ८, काठमाडौं । बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । 

फिल्मको अग्रिम बुकिङ सोमबार नै खुलेको छ । यति छिटो कुनै फिल्मको बुकिङ नेपालमा खुलेको यो पहिलो हुन क्छ । प्रायः बुधबार बुकिङ खोलिने भए पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल सञ्चालकहरू दर्शकमाझ प्रतीक्षित रहेको फिल्महरू प्रायः छिट्टै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकट बुकिङमै खरिद गर्नुपर्ने हुन्छ । 

टिकट नै खरिद गर्नुपर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरूमा शोहरू शुक्रबार अगाडि नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको बानी लगाउने निर्देशक राजमौलीकै फिल्म ‘आरआरआर’ रिलिज हुने भएकाले पनि नेपालमा यसको क्रेज बढेको हो ।

टुडी र थ्रीडी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्सअन्तर्गत लबिम मलमा आठ शो, सिभिल मलमा चार शो, ठमेलमा रहेको छायाँ सेन्टरमा सात शो, क्युएफएक्स भक्तपुरमा आठ शो थ्रीडीमा पाएको हो । 

क्युएफएक्सअन्तर्गतकै मोफसलमा रहेको थियटरमा पनि यसले राम्रो शो पाएको छ । क्युएफएक्सको विराटनगरमा पाँच शो, क्युएफएक्स बुटवलमा चार शो, क्युएफएक्स जालमा नारायणघाटमा चार शो, क्युएफएक्स विर्तामोडमा चार शो, क्युएफएक्स दमौली तीन शो पाएको छ । 

यस्तै टुडी प्रविधिमा क्युएफएक्सकै नेपालगन्जमा रहेको बागेश्वरी फिल्मलाई पाँच शो, क्युएफएक्सकै बुटवलमा रहेको हलमा चार शो,  विर्तामोडको वान स्टप सिनेमाजमा पनि यसले चार शो पाएको छ । क्युएफएक्सअन्तर्गतको काठमाडौंमा भक्तपुरमा दुई, छायाँ सेन्टर ठमेलमा दुई र लबिम मलमा एक शो पाएको छ । 

राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन । दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा पाँच शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा सात शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा सात शो, आइएनआइ सिनेमाअन्तर्गत लोत्से मलमा आठ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो छ ।

फिल्म नेपालमा ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । कम्पनीले जनाएअनुसार फिल्म एक सय २१ बढी पर्दामा शो हुनेछ । कम्पनीका वितरण प्रमुख नवीन शाक्यले शो आजभोलिमा अझै बढ्ने बताए । ‘फिल्मको लम्बाइ तीन घन्टा रहेकाले पनि केही शो घटेका छन् । यद्यपि आउँदो शुक्रबारसम्म शो बढ्ने छ, किनकि सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन्,’ नवीनले भने ।

लागत चार सय करोड बढी भएका कारण पनि आरआरआर चर्चामा छ ।  निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो