२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झेली प्रेमी बन्दा…

८ चैत्र २०७८, मंगलवार ०७:३४

चैत ८, काठमाडौं । जुम्ली (परिवर्तित नाम)को को घर जुम्ला हो । उमेर १७ वर्ष १० महिना १५ दिन । ५ चैत २०७७ को रात रजस्वला भएर गोठमा थिइन् । उनको पहिलेदेखि नै गाउँका प्रकाश रावतसँग माया प्रेमका कुरा हुन्थ्यो । 

५ चैतमा पनि प्रकाश उनलाई भेट्न गोठमै आए । उनी रातिको ११ बाजेतिर गोठमा आएका थिए । ‘जुम्ली’का अनुसार त्यस रात प्रकाशले उनलाई इच्छाविपरीत ‘विहे गर्छु’ भन्दै तीन पटक बलात्कार गरे । बिहानको ४ बजेतिर प्रकाश घर गए ।

दिन प्रतिदिन उनीहरूबीच माया प्रेमका कुरा हुँदै गयो । अन्ततः प्रकाशले जीवनभरसँगै हुने भन्दै भगाएर घर लगे । ‘जुम्ली’को पेट ठूलो हुँदै गयो । महिनावारी पनि रोकियो । 

महिनावारी रोकिएपछि गर्भ रहेको उनलाई शंका भयो । तर, प्रकाशले सन्तान जन्माउन नहुने भन्दै गर्भपतनको बाध्य पारेर औषधि खुवाए । त्यसपछि पीडा असह्य भएर ‘जुम्ली’ बेहोस् भइन् । 

उनलाई प्रकाशले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला लगे । जहाँ प्रकाशले आफ्नो नाम परिवर्तन गरेर ‘चन्द्रप्रकाश रावत’ र जुम्लीको ‘विपना रावत’ टिपाए । 

र, त्यहीँ जुम्लीको मृत बच्चा स्वास्थ्यकर्मीले निकाले । यो घटनापछि प्रकाशले ‘जुम्ली’लाई घर निकाले गरे । हाल माइतीघरमा बस्दै आएकी उनले जिल्ला प्रहरी कार्यालय जुम्लामा गत २० फागुनमा बलात्कार गरेर गर्भपतनसमेत गराएको भन्दै जाहेरी दिइन् । 

जाहेरीपछि प्रहरीले अनुशन्धान थालेको थियो । अनुशन्धान सकेपछि सरकारी वकिल कार्यालयले आज (मंगलबार) १० देखि १२ वर्ष कैद सजाय र क्षतिपूर्तिसहितको मागदावी गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

(सरकारी वकिल कार्यालय जुम्लाले अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ