2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झेली प्रेमी बन्दा…

चैत ८, काठमाडौं । जुम्ली (परिवर्तित नाम)को को घर जुम्ला हो । उमेर १७ वर्ष १० महिना १५ दिन । ५ चैत २०७७ को रात रजस्वला भएर गोठमा थिइन् । उनको पहिलेदेखि नै गाउँका प्रकाश रावतसँग माया प्रेमका कुरा हुन्थ्यो । 

५ चैतमा पनि प्रकाश उनलाई भेट्न गोठमै आए । उनी रातिको ११ बाजेतिर गोठमा आएका थिए । ‘जुम्ली’का अनुसार त्यस रात प्रकाशले उनलाई इच्छाविपरीत ‘विहे गर्छु’ भन्दै तीन पटक बलात्कार गरे । बिहानको ४ बजेतिर प्रकाश घर गए ।

दिन प्रतिदिन उनीहरूबीच माया प्रेमका कुरा हुँदै गयो । अन्ततः प्रकाशले जीवनभरसँगै हुने भन्दै भगाएर घर लगे । ‘जुम्ली’को पेट ठूलो हुँदै गयो । महिनावारी पनि रोकियो । 

महिनावारी रोकिएपछि गर्भ रहेको उनलाई शंका भयो । तर, प्रकाशले सन्तान जन्माउन नहुने भन्दै गर्भपतनको बाध्य पारेर औषधि खुवाए । त्यसपछि पीडा असह्य भएर ‘जुम्ली’ बेहोस् भइन् । 

उनलाई प्रकाशले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला लगे । जहाँ प्रकाशले आफ्नो नाम परिवर्तन गरेर ‘चन्द्रप्रकाश रावत’ र जुम्लीको ‘विपना रावत’ टिपाए । 

र, त्यहीँ जुम्लीको मृत बच्चा स्वास्थ्यकर्मीले निकाले । यो घटनापछि प्रकाशले ‘जुम्ली’लाई घर निकाले गरे । हाल माइतीघरमा बस्दै आएकी उनले जिल्ला प्रहरी कार्यालय जुम्लामा गत २० फागुनमा बलात्कार गरेर गर्भपतनसमेत गराएको भन्दै जाहेरी दिइन् । 

जाहेरीपछि प्रहरीले अनुशन्धान थालेको थियो । अनुशन्धान सकेपछि सरकारी वकिल कार्यालयले आज (मंगलबार) १० देखि १२ वर्ष कैद सजाय र क्षतिपूर्तिसहितको मागदावी गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

(सरकारी वकिल कार्यालय जुम्लाले अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने