२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्ता भयो पल बिरुद्ध अदालतमा मुद्दा, पललाई १२ देखि १४ वर्ष र मतियार कृष्णलाई सोको आधा सजाय माग

८ चैत्र २०७८, मंगलवार ०८:३४

चैत ८, काठमाडौं । नाबालिका बलात्कारकाे आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । 

नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।  

अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । उनलाई भने पललाई मागदावी गरेकाे सजायको आधा कैद सजाय माग गरेकाे उनले बताए । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । 

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो नै मुद्दा दर्ता गराउने तयारी थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन् । पलविरुद्ध तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको थियो । 

यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोगपत्र दायर गरिएको थियो । गत ३ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको थियो । 

नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको थियो । 

शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान