अब तपाईं भन्नुस् कि यी दुईमध्ये कुन पहिला आयो ? Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अब तपाईं भन्नुस् कि यी दुईमध्ये कुन पहिला आयो ?
2026-09-19 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुखुरा पहिला जन्मियो कि अन्डा ? क्वान्टम फिजिक्सको जवाफ यस्तो….

चैत ९, काठमाडौँ । पहिला अन्डा आयो कि कुखुरा ? यस विषयमा प्राचीन समयदेखि नै बहस सुरु भएको थियो, तर पनि यसमा कसैको एकमत भने थिएन ।सदियौँदेखि यस सवालले वैज्ञानिक तथा दर्शनशास्त्रीहरूको दिमाग घुमाइरहेको थियो ।

अब तपाईं भन्नुस् कि यी दुईमध्ये कुन पहिला आयो ?

तपाईं अन्डा पहिला आयो भन्नुहोला, तर सवाल यो आउँछ कि अन्डा कसले दियो त ?कुखुरा नै थिएन भने अन्डा कहाँबाट आयो ? यदि कुखुरा पहिला आएको भए अन्डाविना कसरी जन्मियो त ?यस विषयमा सवाल–जवाफ यसरी नै हुँदै आइरहेको थियो ।

तपाईं दिमाग घुमाउन थाल्नुहुन्छ, सोच्न र तर्क गर्न थाल्नुहुन्छ, तर पनि तपार्इंलाई यस सवालको जवाफ मिल्न क्दैन । तर, अब अस्ट्रेलियाको क्विसल्यान्ड युनिभर्सिटीका वैज्ञानिक तथा फ्रान्सको एनइईएल संस्थाले यस सवालको सत्य–तथ्य पत्ता लगाएको दाबी गरेको छ । क्वान्टम फिजिक्सका अनुसार अन्डा तथा कुखुरा दुवै पहिला आएका थिए ।

क्विसल्यान्ड युनिभर्सिटीमा एआरसी सेन्टर अफ एक्सेलेन्स फर क्वान्टम इन्जिनियरिङ सिस्टमका भौतिक वैज्ञानिक ज्याकी रोमेरोले क्वान्टम मेकानिक्सको अर्थ यो हुन्छ कि केही कुरा नियमित क्रमविना पनि उत्पत्ति हुन सक्छ । उनी भन्छन्– हाम्रो खोजअनुसर दुवै वस्तु पहिला हुन सक्छन्, यसलाई अनिश्चित कारणको क्रम मान्न सकिन्छ । यो हाम्रो दैनिक जीवनमा पनि हुन्छ । तर, हामीले यसलाई महसुस गर्न सकेका हुँदैनौँ ।

प्रयोगशालामा यसको प्रभाव देख्नका लागि अनुसन्धानकर्ताले ‘फोटोनिक क्वान्टम स्विच’ नामको एक सिक्वेन्सको प्रयोग गरेका थिए ।क्वान्टम स्विचसँग अनुसन्धानमा कन्ट्रोल भनिने दुई घटनाक्रम निर्भर रहेको रोमेरो बताउँछन् । उदाहरणका लागि कप्युटरको बिट्सलाई लिन सकिन्छ । जसको मान ० वा १ हुन्छ । यो अनुसन्धानमा यदि कन्ट्रोलको मान ० भए बी भन्दा पहिला ए हुन्छ । वा यदि कन्ट्रोल मान १ भए ए भन्दा पहिला बी हुन्छ ।

क्वान्टम फिजिक्समा सुपर पोजिसनमा बिट्स हुन सक्छ । जसको अर्थ यसको मान एउटै समयमा ० वा १ हुन्छ, यसकारण बिट्सको मान अपरिभाषित छ । वा कन्ट्रोलको अनिश्चित मानका कारण जुन क्रम तय हुन्छ, त्यो ए वा बी घटनाबीच अपरिभाषित क्रम हो । यसकारण भन्न सकिन्छ कि बीभन्दा पहिला ए पनि हुन सक्छ र एभन्दा पहिला बी पनि हुन सक्छ ।क्वान्टम फिजिक्समा वास्तविकता फरक छ । यदि यी दुई भनाइ सत्य हुन सक्छ भने जसमा अपरिभाषित अस्थिर क्रमको रूप जान्न सकिन्छ । रोमेरोले बिबिसीसँग अनुसन्धानमा प्रकाशको कणमा देखिएको परिवर्तन एक प्रकाशीय धु्रवीकरणको गुणमा निर्भर रहने बताएका थिए ।

यस अनुसन्धानमा ए वा बीको आकारमा परिवर्तन भएपछि जुन क्रममा यो फेरिन्छ, त्यसले प्रकाशीय ध्रुवीकरण नियन्त्रित गर्दछ । आकार परिवर्तनको केही सम्भावना हुन्छ, यस रूपान्तरणको परस्परको समेत एक सीमा हुन्छ । यस सीमाको तोडेर क्वान्टम फिजिक्स ए वा बी का बीच एक अनिश्चित क्रम बन्छ ।

यो अनुसन्धान एक सिद्धान्तको प्रमाण हो । तर, उच्च स्तरमा कम्प्युटरको कार्य गुणस्तर वृद्धि गराउनमा यो बढी उपयोगी हुन्छ । रोमेरोका अनुसार अस्ट्रियामा भएको एक अनुसन्धानमा यही अनिश्चित क्रमको फाइदाको विषयलाई प्रदर्शन गरिएको थियो ।

उनले भनेका छन्, ‘एउटा अर्को उपलब्धिले मलाई धेरै उत्साहित बनाउँछ, जुन जुलियो किरिबेलाको सिद्धान्त हो । जसमा क्वान्टम स्विचको मद्दतबाट इन्टरफेसको च्यानलमा सञ्चार सम्भव रहेको छ ।’

उदाहरणका लागि टेलिफोन लाइनमा आउने स्वरमा श्रोता पूर्ण रूपमा भ्रममा पर्छन् ।मेरो र उनका सहयोगीले आफ्नो अनुसन्धानलाई बुझाउनका लागि अन्डा वा कुखुराको विरोधाभास भनाइको प्रयोग गरे । अन्डा वा कुखुरा वास्तवमा एक बहसको विषय हो, यस अनुसन्धानले हामीलाई निश्चित रूपमा दुवै घटना पहिला हुन सक्ने बुझाउन प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो