२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता

२०७८, ९ चैत्र बुधबार ०७:५६

चैत ९, काठमाडौँ । यसै साता नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई श्रृखला  खेल्यो । आयोजक यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी लिगमा नेपालले दुई खेल जित्दा दुईमै हार ब्यहोर्यो । 

नेपालले पीएनजीविरुद्ध दुबै खेलमा जित निकाल्यो भने यूएईविरुद्ध हार ब्यहोर्यो । दुबै खेलमा नेपाल खराब ब्याटिङको सिकार भयो । खेलाडीले धैर्यता गुमाउँदा टिमले ठुलो साझेदारी पाउन सकेन र यो श्रृंखला समग्रमा विर्सनलायक नै रह्यो । 

पहिलो खेलमा नेपालले पीएनजीलाई संघर्षपूर्ण खेलमा चार बल बाँकी रहँदा दुई विकेटको हरायो । जितका लागि २०४ रनको लक्ष्य पाएको नेपालले ४९ ओभर दुई बलमा आठ विकेट भेट्याएर पूरा गर्यो । 

दोस्रो खेलमा नेपाल यूएईसँगै ४८ रनले पराजित भयो । नेपाली बलर सामू चल्न नसक्दा यूएईले १६८ रनको लक्ष्य प्रस्तुत गर्यो । तर, नेपालका खेलाडीले धैर्यता गुमाउँदा ३५ ओभर एक बलमा मात्र १२० रन बनाउँदा सबै विकेट गुमायो । रोहित पौडेलले सर्वाधिक ४६ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा पेभिलियन फर्किए ।

तेस्रो खेलमा समेत नेपाल पुनः घरेलु टोली यूएईसँग ९९ रनले पराजित भयो । २०२ रनको लक्ष्य पछ्याएको नेपाल कुनै पनि समय खेलमा आफ्नो प्रभाव जमाउन सकेन । ३५ ओभर एक बलमा नेपालले सबै विकेट गुमाउनुअघि जम्मा १०३ रन जोड्यो । यस खेलको हारपछि भने प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप छामिछानेले पूरा प्रदर्शनबाट असन्तुष्टि जनाउँदै टोलीमा ठूलो परिवर्तनको खाँचो भएको जनाए । 

श्रृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालले पीएनजीलाई सात विकेटले पराजित गर्यो । १७३ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ३७ ओभरमा जम्मा तीन विकेट गुमाई सो लक्ष्य पुरा गर्यो । 

यूएईविरुद्ध पराजित भएपछि नेपाली टोलीका कप्तान सन्दीपले खेलाडीले धैयर्ता राखेर नखेलेको र रन बनाउन आत्तिएको प्रतिक्रिया दिए । 

‘ब्याटिङमा हत्तारिरहेका छौं । रन बनाउन आत्तिरहेको छौं । धैर्यता राखेर खेल्नुपर्छ । मलाई लाग्छ दुई सय रन कुनै ठुलो लक्ष्य छैन ।’ २१ वर्षीय कप्तान सन्दीपले भने ।

यता, प्रशिक्षक पुबुदु समेत पहिलो पटक हेरेको टिम र अहिलेको टिमको प्रदर्शनमा धेरै फरक भएको र केही परिवर्तनको खाँचो भएको जनाउँछन् । ‘पहिलेको टिमको प्रदर्शन र अहिलेको टिमको प्रदर्शन एकै छैन । धेरै फरक छ ।’ दोस्रो पटक नेपाली टिम हेरिरहेका पुबुदुले भने । 

यस पटक श्रृखलामा नेपालका ओपनरदेखि शीर्ष क्रमका ब्याटर नै चल्न सकेनन् । यस्तै, मध्यक्रमका ब्याटरले समेत टोलीलाई सहायता प्रदान गर्न सकेनन् । युवा खेलाडी कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडी नचल्दा नेपाली टिमले खराब प्रदर्शन बेहोर्नु पर्याे । 

धैर्यताको कमी, गैरजिम्मेवारी ब्याटिङ, तालमेलको कमी, साझेदारीमा कमजोर, शीर्ष ब्याटर नचल्नु जस्ता गल्तीका कारण नेपाली टिमले यूएईविरुद्ध दुबै खेल हार्नुपर्याे । 

कप्तान सन्दीप टिमको प्लानमा धेरे चेन्ज गर्नुपर्ने र केही कुरा सार्वजनिक गर्नु पनि उपयुक्त नहुने बताउँछन् । यस्तै, उनी नयाँ श्रृखलाका लागि टिमको ब्याटिङ लाइनमा परिवर्तन गर्नुपर्ने बताउँछन् । 

‘हामीले जानि जानि गल्ती गरेका छैनौँ । तर, भइरहेको छ । हामीले जति चाडो यो समस्या ठिक गर्याै । बुझ्न सक्यौं त्यति नै चाडो रिजल्ट निस्कन्छ ।’‘सबैले राम्रो खेल्नुपर्छ र सबैले टिमको लागि सोच्नुपर्छ । टिमको बलिङ धेरै राम्रो छ । ब्याटिङमा धेरै परिवर्तन हुनुपर्छ । आउने श्रृखलामा केही चेन्ज हुनुपर्छ ।’ सन्दीप भन्छन् । 

खराब प्रदर्शन बाबजुद नेपाली टिम आज (बुधबार) स्वदेश फर्कदै छ । यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँग एकदिवसीय शृंखला र त्रिदेशीय टी–२० शृंखला खेल्दैछ । जसको लागि प्रशिक्षक पुबुदुले टोलीमा केही परिवर्तन समेत गरेका छन् । 

उनले केही नयाँ खेलाडीलाई स्थान दिँदै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विकेट किपर विनोद भण्डारीलाई टिम बाहिर राखेका छन् । अब, पुबुदुको लक्ष्य फेरि एक पटक धर्मराएको नेपालको ब्याटिङ लयलाई फर्काउँदै घरेलु मैदानमा दुबै श्रृखला जित्नु हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह