2026-09-20 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पलका म्यानेजरको बयान : घटना बाहिरिएपछि तलब दोब्बर बनाइदिए, धम्की दिएकै हुँ

चैत ९, काठमाडौँ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। पलले १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको र जोशीले मतियारको भूमिका निर्वाह गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो।

सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा पलका म्यानेजर जोशीले पल र नाबालिगबीचको विवाद आफूले मिलाउन खोजेको बयान दिएका छन्। 

‘मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर। तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ,’ अदालतमा पेस गरिएको बयानमा उल्लेख छ। 

बयानका क्रममा उनले पल र आफूबीच मनमुटाव हुँदा आफूलाई म्यानेजरबाट हटाइएको प्रसंग समेत उल्लेख गरेका छन्। तर, पीडित र उनको प्रसंग मिडियामा छताछुल्ल हुन थालेपछि दोब्बर तलब बनाएर आफूलाई फेरि काममा राखेको उनले बयानमा भनेका छन्। 

‘म शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो,’ उनको बयान छ, ‘शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए। २०७८ सालको असार अन्तिम हप्तातिर पीडित भनिएकी नाबालिगकले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएकी थिइन्।’

कृष्ण जोशीले दिएको बयानः

मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक २५ हजार तलब लिई उनी सहभागी हुने फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रमको समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ। 

म शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो। शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए। २०७८ सालको असार अन्तिम हप्तातिर पीडित भनिएकी नाबालिगकले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएकी थिइन्। 

म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नाबालिकाले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबर्जस्ती करणी गरेका कारण म पीडामा छु भनेकी थिइन्।

प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, ब्वाईफ्रेण्डबीचको अन्डरस्टान्डिङमा भयो हैन, तै पनि हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरु बोलेका थिए।

प्रतिवादी पूर्णविक्रम शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु प-यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए। 

त्यसपछि मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ।

तर, दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। दुर्गाले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो। देखी चिनेर सनाखत गरेँ। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो