2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणको नाटक गर्ने युवा पक्राउ

चैत ९, दाङ । अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तुराखी अपहरणमा परेको भनी झुट्टा अफवाह फैलाउने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय जनक देवकोटा रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाकारी दिएको छ ।

देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफू अपहरणमा परेको झुट्टो अफवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले जानकारी दिए ।  

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँ बस्तीस्थित हरिप्रसाद रिजालले सञ्चालन गरेको ड्रागन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म सञ्चालकसँग रकम असुल्ने योजनाका साथ आफू अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको प्रमुख काफ्लले बताए । 

गत आइतबार अपहरणमा परेको सूचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई हिजो लमही नगरपालिका ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ । गत फागुन २७ गते साँझ कृषि फर्म नजिकै शंकास्पदबस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका देवकोटाले रकम असुल्नका लागि योजनाका साथ गत आइतबार तुलसीपुर बजार जान्छु भनी घरबाट निस्किएको र बेलुका पख श्रीमतीलाई मोबाइल म्यासेजबाट अपहरणमा परेको कुरा पठाएका थिए । पक्राउ परेका देवकोटाविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र झुट्टा अफवाह फैलाउन नहुने कसुरमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रमुख काफ्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक