१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन प्रदेशको स्थानीय तहमा कस्तो एमालेको अवस्था ?

९ चैत्र २०७८, बुधबार १४:०९

चैत ९, काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । बैठकको पहिलो दिन प्रदेशहरुमा पार्टीको वर्तमान अवस्थाबारे प्रदेश प्रमुखहरुले रिपोर्टिङ गरेका छन् । 

बैठकमा प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा,लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपशिचमका दामोदर भण्डारीले रिपोर्टिङ गरे । 

त्यसक्रममा उनीहरुले पार्टीको विभाजनको असर नपरेको दाबी गरेका छन् । 

सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङमा शक्ति सन्तुलनका आधारमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रद्शमा एमाले बलियो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस रुपमा आउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

कुन प्रदेशको अवस्था कस्तो ?

प्रदेश १ का एमाले अध्यक्ष तुलसीप्रसाद न्यौपाने बैठकमा प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । उनले पार्टी विभाजनपछि बेनको एकीकृत समाजवादीको असर न्यून रहेको दाबी गरेका थिए । 

मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । तर मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस रुपमा भने आउन नसकेको गुरुङले बताए । मधेश प्रदेशमा पार्टी प्रवेशको लहर चलेको र पहिलाको भन्दा अवस्थामा सुधार आउँदै गएको उनको दाबी थियो । 

बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले रिपोर्टिङ गर्दै स्थानीय तहको चुनावमा ८० सिट जित्ने दाबी गरे । उनले एमालेले स्थानीय तहमा एक्लै प्रतिष्पर्धा गरे उक्त सिट जित्ने दाबी गरे । ११९ स्थानीय तहमध्ये एक्लै प्रतिष्पर्धा भए ८० स्थानमा जित्ने उनले दाबी प्रस्तुत गरे । 

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बैठकमा गरेको रिपोर्टिङ अनुसार पार्टी विभाजनका बावजुद गत स्थानीय तहको चुनावमा भन्दा सिट संख्या बढ्ने छ । एमाले यसअघि ३९ स्थानीय तहमा जित निकालेकोमा अब त्यसमा केही थपिने उनको दाबी छ । सत्ता गठबन्धन कायम रहेका भने १२ सिट गुम्न सक्ने उनको भनाइ छ । 

लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले  ६५ स्थानीय तहमा जित निकाल्न सकिने दाबी गरे । तर अरु दलले गठबन्धन गरेको खण्डमा भने ४१ सिटमा खुम्चिने सम्भावना उनले सुनाएका थिए । लुम्बिनीमा १०९ स्थानीय तह रहेको छ । 

कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले विगको तुलनामा एमालेले सीट संख्या बढाउने दाबी गरे । बैठकमा रिपोर्टिङ गर्दै उनले ७९ पालिकामध्ये २९ वटा पालिका जित्ने उनको दाबी छ । गत स्थानीय चुनावमा एमाले २७ पालिका जितेको थियो । सत्ता गठबन्धन बनेमा १५ वटामात्रै जित्ने स्थितिमा रहेको उनको भनाइ छ । 

सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताएका छन् । 

उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने रिपोर्टिङ गरेका थिए । ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ थियो । गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने उनको आँकडा छ । १९ वटा पालिकामा भने आफूहरुको अवस्था कमजोर रहेको रिपोर्टिङका क्रममा उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार