२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के हो किवी फल ? स्वास्थ्यलाई के-के फाइदा गर्छ ?

१० चैत्र २०७८, बिहीबार ०८:११

चैत १०, काठमाडौँ । किवी एउटा यस्तो फल हो जसको बारेमा धेरै पहिले मानिसहरुलाई थाहा थियो । पहिले यो सजिलै उपलब्ध थिएन। तर, अब यो सबै ठाउँमा सजिलै उपलब्ध छ।यो एक विदेशी फल हो। फलफुल जुनसुकै भएपनि हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ । तर, तपाईको शरीरमा जे पनि कमी छ, किवीले त्यसलाई पूरा गर्छ।किवीको माथिल्लो भाग हल्का खैरो कपालले ढाकिएको हुन्छ। यो भित्रबाट हरियो रंगको हुन्छ र सानो कालो बीउ पनि हुन्छ। यो फल खान अमिलो र मीठो हुन्छ ।लगभग 100 ग्राम किवी फलमा 312 मिलीग्राम पोटासियम हुन्छ। यसमा सुन्तला र कागतीको तुलनामा लगभग दोब्बर भिटामिन सी हुन्छ। जुन हाम्रो शरीरमा हुने धेरै रोग निको पार्न पनि प्रभावकारी हुन्छ । 

घाउलाई थप बिग्रनबाट जोगाउँछ

भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किवीले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन बनाउने कामबाट मुक्त राख्छ ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ 

किवीले कोलेस्ट्रोल कन्ट्रोलमा पनि ठूलो सहयोग पुर्याउँछ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट पनि बचाउँछ । 

जोर्नी दुख्ने समस्या भएकालाई फाइदाजनक

किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुलाई यसले निकै ठूलो फाइदा गर्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट पनि दुःख मुक्त गराउन धेरै सहयोग गर्छ ।

कब्जियत हुन दिँदैन 

किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या भएकाहरुलाई यो रोगबाट मुक्तिसमेत मिल्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो