श्रम र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... श्रम र"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

…त्यसपछि रामचन्द्र पौडेलले आफैँलाई धन्यवाद दिए

१० चैत्र २०७८, बिहीबार ११:३६

चैत १०, दमौली । बिहीबार तनहुँ सदरमुकाम दमौलीमा आठौँ तनहुँ महोत्सवको उद्घाटन चल्दै थियो । तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले महोत्सवलाई सम्बोधन गरेपछि पालो थियो, कांग्रेस नेता रामचन्द्र पौडेलको । सम्बोधनको क्रममा नेता पौडेलले आफैँले आफैँलाई धन्यवाद दिएका छन् । उनले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैँलाई धन्यवाद दिए ।

‘एमसीसीको पक्षमा बोल्न कसैले आँट गरेका थिएनन् । एमसीसी राष्ट्रघाती हो ।  के के हो भनेर दुनियाँभरको प्रचार गरिएको थियो । त्यस्तो अवस्थामा एमसीसीको पक्षमा खुला रुपमा पास गर्नुपर्छ भनेर मैले जनमत सिर्जना गर्न मुख खोलेकोमा, मुख खोल्न नसकेकाहरूको मुख पनि खुलाइदिएकोमा म आफैँलाई पनि धन्यवाद दिन चाहान्छु’, उनले भने ।

नेपालमा विद्युत् विकास गरेर मुलुकको गरिबीलाई उन्मुलन गर्ने महत्वपूर्ण अनुदान दृढतापूर्वक एमसीसी अनुमोदन पारित गराएर छाड्ने अठोट लिएकोमा प्रधानमन्त्री देउवालाई नेता पौडेलले नेपाली जनताको तर्फबाट भन्दै बधाई दिए ।

अब गाउँबाट बेरोजगारी र गरिबी हटाउनुपर्ने बेला भएको नेता पौडेलको भनाइ छ । अगाडि थप्दै उनले भने, ‘हामीले गाउँमा बसौँ बसौँ भन्ने नारा लगायौँ । तर गाउँबाट अझै पनि पलायन भइरहेको अवस्था छ । गाउँमा पूर्वाधार पुगेका छन् तर गाउँबाट मान्छे तल झरिरहेका छन् । तिनलाई त्यहीँ रोक्नका लागि अब गाउँमै आम्दानी र रोजगारीको सिर्जना गर्नुपर्दछ । र यो देशमा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर आत्मनिर्भर बनाउने बाटोमा हामी जानपर्दछ ।’

गाउँ गाउँमा उद्योग व्यवसाय सञ्चालन गर्नुपर्नेमा नेता पौडेलको जोड छ । कांग्रेसको १४ औँ अधिवेशन अगाडिसम्म पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको आलोचना मात्र गर्ने नेता पौडेलले पछिल्लो समय निकै प्रशंसा गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार