२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति नलिई श्रमिक पठाउने म्यानपावरको कारबाहीका लागि छानबिन सुरु

११ चैत्र २०७८, शुक्रबार ०५:५१

चैत ११, काठमाडौँ । श्रम स्वीकृति नलिई श्रमिक विदेश पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई सात वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिवाना हुने भएको छ । यसका साथै बदमासी गर्ने म्यानपावर कम्पनीको दर्ता रद्द हुनेछ भने जरिवाना रकम म्यानपावर कम्पनीले धरौटी रकमबाट कटाउन पाउने छैनन् ।

वैदेशिक रोजगार विभागले पछिल्लो पटक श्रम स्वीकृति नलिई श्रमिक पठाउने म्यानपावरको उजुरी छानबिन गरी वैदेशिक रोजगार ऐन २०६८ को दफा ४४ अनुसार कारबाहीका लागि छानबिन सुरु गरेको हो ।

ऐनको सो दफामा इजाजतपत्रवाला संस्थाले विभागमातहतका कार्यालयबाट श्रम स्वीकृति नलिई पठाएमा वा पठाउनलाई झुटो आश्वासन दिएर रकम असुल गरेमा तीनदेखि पाँच लाख रुपियाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई नियन्त्रण गर्न विभागमा आएका उजुरीको वैदेशिक रोजगार ऐनको दफा ४४ लाई टेकेर म्यानपावर कम्पनीको छानबिन सुरु गरेको जानकारी दिए । उनले भने, “दफा ४४ का आधारमा म्यानपावरका उजुरीको छानबिन गर्न लागेको चार दिन मात्रै भएको छ । अहिलेसम्म ५० वटा म्यानपवारको अनुसन्धान अधिकृत खटाएर काम गरिरहेका छौँ । ”

उनका अनुसार यसअघि सो ऐनका दफा ५१ को प्रावधानबमोजिम म्यानपावर कम्पनीवालाले जस्तोसुकै ठगी गरे पनि क्षतिपूर्तिबापतको रकम उनीहरूले जम्मा गरेको धरौटीबाट कटौती गरी सम्बन्धित पीडकलाई उपलब्ध गराउने

गरिएको थियो ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका नाममा जस्तोसुकै ठगी गरे पनि धरौटीबाट कट्टा हुनेगरी विभागले सम्बन्धित श्रमिकलाई क्षतिपूर्तिस्वरूप एक लाख रुपियाँ जरिवाना गर्दै आएको थियो । विभागका अनुसार जुन कानुनबमोजिम थिएन । म्यानपावर कम्पनीको कसुर दफा ४४ बमोजिमको हुँदा पनि विभागले गर्ने कारबाही भने ५१ अनुसार गर्नु गलत भएको र अब त्यस्तो नहुने महानिर्देशक पौडेलको भनाइ छ ।

उनका अनुसार विभागबाट पछिल्लोपटक थालिएको छानबिनले विभिन्न प्रलोभनमा पारेर म्यानपावर कम्पनीबाट भ्रमण भिसामा विदेश जानेको सङ्ख्या घट्नेछ भने अर्को विभिन्न ठगी (घरजग्गा, अन्य लेनदेन)का विषयलाई नक्कली उजुरी बनाएर आउने उजुरी र त्यसले विभागमा दिनहुँ हुने झगडामा धेरै घट्नेछ । तीन/चार दिनको बीचमा नक्कली उजुरीको सङ्ख्या क्रमशः घट्न थालिसकेको विभागका महानिर्देशक पौडेलको दाबी छ । गोरखापत्र दैनिक ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही