कविता उपाध्याय,  भदौ १३, रोल्पा । लिबाङ–५की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय,  भदौ १३, रोल्पा । लिबाङ–५की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह "/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

छोराको आशमा १२ सन्तानलाई जन्म दिइन रोल्पाकी गौसरीले

१३ भाद्र २०७३, सोमबार ११:२५

कविता उपाध्याय,  भदौ १३, रोल्पा । लिबाङ–५की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह भएको थियो । 

विबाह भएको एक वर्षपछि पहिलो छोरीको जन्म दिनुभएकी वलीका क्रमशः एक, साढे एक तथा दुई वर्षको अन्तरमा १२ सन्तान पुगे । सामान्य बिरामी परेका कारण उनका एक छोरा र दुई छोरीको सानैमा मृत्यु भइसकेको छ । “ एउटी छोरी पनि आगोमा परेर अपाङ्ग बनेकी छे हिँड्डुल गर्न सक्दिन । सरकारले अपाङ्गलाई सहयोग गर्छ भन्ने सुनेकी छु तर हाम्रा लागि बोलिदिने कोही छैन”, उहाँले भन्नुभयो । 

हाल उहाँको नौवटी छोरी छन् । तीमध्ये जेठी छोरीको तीन वर्ष पहिले विवाह भइसकेको छ भने अरू सबैसँगै छन् । अशिक्षा र चेतनाको अभावमा जीवन चलाउँदै आएकी वलीले पहिलोपटक गर्भधारण गरेदेखि एकपटक पनि अस्पताल नपुगेको बताउनुभयो । 

“लाज लाग्छ त्यसैले सुत्केरी हुन अस्पताल गइन । फेरि कसैले अस्पताल जानुपर्छ भनेर सल्लाह पनि दिएनन् । अस्पतालमा बच्चा पाउनेलाई पैसा दिन्छ रे भनेको त सुनेकी छु ”, उहाँले भन्नुभयो– “छोराको आशमा छोरीले घर भरियो । यौटा छोरो जन्मिएको थियो त्यही मात्र बाँचेको भए पनि छोराको इच्छा पूरा हुने थियो तर भाग्यमा नभएपछि यस्तै हुँदो रैछ” उहाँले छोरा नहुनुमा भाग्यलाई नै दोष दिनुहुन्छ । छोरीमात्र भएकै कारण आफूले समाजबाट धेरै कष्ट सहेको हुँदा छोरा जन्माउने वलीको सपना अझै पूरा हुन सकेको छैन । 

“हाम्रो समाजमा बाँचे पाल्न, मरे फाल्न छोरा नै चाहिन्छ । फेरि छोरा नहुनेको गैरी जान्छ भन्छन् । त्यसैले छोराको आशै आशमा मेसिले जस्तै बच्चा पाइरहेँ”, धेरै छोरी पाउनु रहरभन्दा पनि बाध्यता भएको उहाँले बताउनुभयो । 

“वलीजस्तै छोराको आशमा छोरी जन्माउने कयौँ महिला जिल्लामा हिंसाको सिकार बनिरहेका छन् । पितृसत्तात्मक सोच र चिन्तन बोकेको हाम्रो समाज परिवर्तनका लागि महिला हिंसा तथा लैङ्गिक विभेदका चर्का चर्का नारा र भाषण मात्र होइन यथार्थतामा परिवर्तन गर्ने हातको खाँचो छ”, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य भन्नुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ