बिहानै उठेर बेसार–पान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिहानै उठेर बेसार–पान"/>
२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाली पेटमा बेसार–पानी पिउनुका फाइदै–फइदा

२०७८, ११ चैत्र शुक्रबार ०८:५४

चैत ११, काठमाडौँ । स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ धेरै फाइदा छन् । 

बिहानै उठेर बेसार–पानी पिउँदा शरीरमा रगत जम्न पाउँदैन । यसले रगत सफा गर्छ । उठ्नेबित्तिकै बेसार–पानी पिउँदा दिमागलाई पनि फाइदा पुग्छ । 

यसरी पिउने बेसार–पानी बनाउन एक गिलास मनतातो पानीमा आधा कागती, एक चम्चा बेसार र उति नै मह मिसाएर राम्रोसँग फिट्नुपर्छ । 

बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले क्यान्सरका किटाणुसँग लड्ने क्षमता बढाउँछ । बेसार–पानीको नियमित सेवनले पाचन प्रणालीलाई स्वस्थ्य राख्न मद्दत पुग्छ । यसले खाना पचाउन सहयोग गर्छ । 

यसका अतिरिक्त, बेसार–पानीको नियमित सेवनले दिनभरको थकान मेटाउँछ, दुखाइ कम गर्छ र शरीरलाई ताजा राख्छ । 

बिहान खाली पेटमा बेसार–पानीको पिउँदा दिमाग तेज हुन्छ । भुल्ने रोग कम गर्छ । यसले कलेजोलाई सफा राख्छ । र, पित्ताशयको कामलाई सुचारु गराउन मद्दत गर्छ । उमेरसँगै आउने समस्याहरुको समाधानमा पनि बिहान खाली पेटमा बेसार–पानीको सेवन लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह