2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइदै, यस्ता व्यक्तिले खोप लगाउनु हुँदैन

चैत १२, काठमाडौं । नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । 

यही २५ चैतदेखि १८  बैशाखसम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । 

टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्छ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ । 

अबदेखि जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्टि«य खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ । 

टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानुअघि र दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । 

यस्ता व्यक्तिले खोप लगाउनु हुँदैन

यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेका वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन् । साथै हालै मात्र उच्च ज्वरो आएको वा सिकिस्त भएको अवस्थामा पनि खोप लगाउन नहुने चिकित्सकको भनाइ छ । तर, बिरामी ठिक भइसकेपछि भने खोप लिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक