सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिती दाङले आज सोमबार देखि जिल्लाबाटै पहिलो पटक अन्र्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिती दाङले आज सोमबार देखि जिल्लाबाटै पहिलो पटक अन्र्"/>
४ बैशाख २०८२, बिहीबार
दाङ्ग - DNG

देउखुरीको भालुवाङबाट दाङ—दिल्ली यातायात सेवा शुरु

१३ भाद्र २०७३, सोमबार १३:२०

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिती दाङले आज सोमबार देखि जिल्लाबाटै पहिलो पटक अन्र्तराष्ट्रिय रुट अन्र्तगत सिधा दाङ—दिल्ली यातायात सेवा शुभारम्भ गरेको छ । समितीले भालुवाङ पुल्चोकमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा शुभारम्भ गरेको हो । 

    यात्रुहरुको माग र सहजतालाई मध्यनगर गदै दाङको भालुवाङबाट लमही—घोराही—तुलसीपुर—अमिलिया—नेपालगञ्ज—रुपैडिहा हुँदै सिधा दिल्ली यातायात सेवा प्रारम्भ गरेको समितीले जनाएको छ । हप्तामा तीन दिन बस सञ्चालन हुनेछ । जस अनुसार दाङबाट सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजे भालुवाङबाट बस छुट्ने र नयाँ दिल्लीबाट आईतबार, बुधबार, शुक्रबार बिहान ११ बस छुट्ने समितीका प्रशासनिक इन्चार्ज नारायण न्यौपानेले जानकारी दिए । 

भालुवाङबाट दिल्ली पुग्न ७ सय ३१ किलोमिटर पर्छ । दिल्ली पुग्न नेपाली २ हजार ८० रुपैयाँ र तथा भारतीय १ हजार ३ सय भाडा लाग्ने न्यौपानेले बताए । बस नयाँ दिल्लीको इण्डियन आयल पेट्रोल पम्प नजिक रहेको हाउस नम्बर १६४ ओर्ड भोटे क्याम्पस अरुणनगर मझ्नु प्लटिङ टोल कलौनीबाट छुट्ने न्यौपानेले कार्यक्रममा जानकारी गराए । दिल्लीबाट नेपाल आउने यात्रुहरुका लागि दिल्लीमै बुकिङ्ग काउन्टर समेत सञ्चालनमा आईसकेको समितीले जनाएको छ ।

 भालुवाङबाट दिल्लीको लागि पहिलो दिन ना ६ ख ५४० नम्बरको बसमा दिउँसो १२ बजे यात्रु लिएर दिल्ली तर्फ प्रस्थान गरेको छ । पहिलो दिनमै बसको सबै सिट प्याक भएको समितीले जनाएको छ । 

बिगतमा सिधा भारत जाने बसहरु नहुँदा कयौ नेपालीहरु बदरमा लुट्निु र ढगिनु पर्ने बाध्यताको अन्त्य भएको इन्चार्ज न्यौपानेले बताए । उनले अब देखि दाङबाट भारत जान चाहाने यात्रुहरुको लागि कयौं वसहरु परिवर्तन गर्दै दिल्ली जानुपर्ने बाध्यता समाप्त भएको र महंगो भाडा तिर्नुपर्ने अनि अनाबश्यक दुःख ब्यहोर्नुपर्ने बाध्यता हट्ने न्यौपानेले बताए । साथै उनले यात्रुहरुको माग र चापलाई मध्यनजर गदै गाडी संख्या थपघट गदै अगामी दिनमा भारतका विभिन्न शहरहरुका लागि समेत यातायात सेवा बिस्तार गदै लैजाने न्यौपानेले बताए । 

समितीका कार्यवाहक अध्यक्ष तथा नेपाल यातायात व्यवसाय समितीका केन्द्रिय सदस्य एवम् राप्ती अञ्चल इन्चार्ज भरतनाथ योगीको अध्यक्षता एवम् समितीका प्रशासनिक इन्चार्ज नारायण न्यौपानेको स्वागत मन्तव्य तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा अध्यक्ष योगीले रिबन काटेर यातायात सेवाको शुभारम्भ गर्नु भएको थियो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले यो सेवाले हजारौँ यात्रुहरु प्रत्यक्ष लाभन्दित हुने भएकोले सेवालाई थप बिस्तार र प्रभावकारी बनाउँदै लैजान आग्रह समेत गरेका थिए । कार्यक्रममा राप्ती उद्योग बासणज्य संघका अध्यक्ष ताराबहादुर डिसी, सशस्त्र प्रहरी बल ज्वालामाई गणका डिएसपी बिमल डाँगी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक महेन्द्रबहादुर थापा, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्य, अनुगमन समितीका संयोजक युवराज शर्मा, समाजेवी ऋषिराम बस्नेत, ट्रय व्यवसाय समितीका कोषाध्यक्ष ऋषिराम खनाल र पत्रकार खेमराज रिजालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितीका कार्यालय प्रमुख लोकराज पराजुलीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ