एजेन्सी। "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी। "/>
2026-09-19 06:38 PM
काठमाडौँ - KTM

एलन मस्कले गरे रुसी इन्जिनको तारिफ

चैत १४, काठमाडौं । एजेन्सी। रुसले अमेरिकालाई रुसी इन्जिनहरू बिक्री नगर्ने निर्णय गरेलगत्तै विश्वका सबैभन्दा धनी अर्बपति एलन मस्कले रुसी इन्जिनको प्रशंसा गर्न थालेका छन् । उनले बोइङ र लोकहिड मार्टिनको संयुक्त यूएलए भेन्चरले रुसमै बनेको आरडी–१८० इन्जिन प्रयोग गर्ने गरेको बताएका छन् ।

तर, टेस्ला कम्पनीका समेत मालिक मस्कले आफ्नो स्पेस एक्सले आफैँले आफ्ना रकेट इन्जिको डिजाइन गर्ने भएकाले रुसी प्रतिबन्धले कुनै असर नपार्ने पनि बताएका छन् । अमेरिकी एरोस्पेस कम्पनीद्वय बोइ ङ र लोकहिड मार्टिनको जोइन्ट भेन्चर यूएलए आफ्नो एटलस भी रकेटको पावरका लागि आरडी–१८० इन्जिनमा निर्भर छ ।

युक्रेनमाथि आक्रमण गरेका कारण आफूमाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको प्रत्युत्तरमा रुसले अमेरिकालाई रकेट इन्जिनहरूको आपूर्ति रोक्ने निर्णय गरेको हो ।

रुसी अन्तरिक्ष निकायका अध्यक्ष दिमित्री रोगोजिनले भनेका छन्, “यस्तो परिस्थितिमा हामी अमेरिकालाई विश्वकै सर्वोत्कृष्ट रकेट इन्जिनहरू आपूर्ति गर्न सक्दैनौँ । तिनीहरूलाई आफ्नै कुचोको लट्ठी प्रयोग गरेर उड्न दिऔँ ।”

मस्कले भनेका छन्, “भविष्यमा अमेरिकी कम्पनीहरू ‘ब्ल्यु ओर्जिन’ कम्पनीबाट निर्माण हुने यस्ता सर्वोत्कृष्ट इन्जिनबाट वञ्चित हुनेछन् । मलाई जहाँसम्म लाग्छ, एन्टारेसले पनि आरडी–१८० इन्जिन नै प्रयोग गर्दछ । अब नोथ्रोप ग्रम्मन कम्पनीले उत्पादन गर्ने दुई चरणको रकेट ‘एन्टारेस’ पनि इन्जिन प्रयोगबाट वञ्चित हुनेछ ।”

हालै बिजनेस इन्साइडरलाई अन्तरिक्ष उद्योगमा अन्तर्राष्ट्रिय सहयोगबारे अन्तर्वार्ता दिने क्रममा मस्कले जस्तै अन्तरिक्षयात्री पेग्गी व्हिटसनले पनि यस सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो