२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालककाे ज्यान गयाे, एकजना घाइते

१४ चैत्र २०७८, सोमबार १०:२८

चैत १४, सर्लाही । सर्लाहीकाे कविलासीमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् ।

साेमवार मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा माेटरसाइकल चालक मलंगवा नगरपालिका-३, निवासी २७ वर्षीय ताैखिन मिकरानीकाे मृत्यु भएकाे हाे । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेकाे माेटरसाइकल सडक छेउमा रहेकाे बिजुलीकाे पाेलमा ठाेकिएकाे थियाे ।

दुर्घटनालगत्तै मिकरानीलाई उद्धार गरी प्रादेशिक अस्पताल  मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घाेषणा गरेका थिए । माेटरसाइकलमा सवार साेही स्थानका २६ वर्षका मकबुल लहरी सफी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज रेफर गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

मिकरानीकाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएकाे र घटनाकाे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ