२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार

२०७८, १४ चैत्र सोमबार ११:०२

चैत १४, काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो।

अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ। कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क सेवा शुरु भएको बताए।

उनले अबका दिनमा अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए।

कार्यकारी निर्देशक बस्नेतले भने, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अपुच्र्युनिटी पाएका छौँ। त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो। यसमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क रुपले धेरै रोगहरुको उपचार हुन्छ। त्योभन्दा पनि हामी विस्तारै अब बोनम्यारो ट्रान्सप्लान्टतिर जाँदैछौँ। हामीसँग मेडिकल अंकोरेजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेण्ट पनि भएकोले हामी कम्बाइन्ड गरेर थुप्रै ब्लड एण्ड ब्लड वन क्यान्सरहरूको उपचार गर्ने र बोनम्यारो ट्रान्सप्लान्टसँग अघि बढ्ने तयारीमा छौँ।’

त्यस्तै, रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. नीरजकुमार सिंहले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए।

उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार गर्ने र यो रोगसम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताए।

विशेषज्ञ सिंहले अस्पतालको अबको लक्ष्य बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह