१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१५ चैत्र २०७८, मंगलवार ११:०५

चैत १५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयका प्रा.डा. टेकनाथ ढकालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।  

परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले प्रा.डा. ढकालसहित सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो । 

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको हो ।  

सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो । 

उक्त परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमासमेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको भन्दै उजुरी परेको थियो । 

उजुरी पश्चात छानविन गर्ने क्रममा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने पाइएको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा