१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका झन्डै तीन हजार मतदान स्थल सुरक्षा दृष्टिकोणले अति संवेदनशील सूचीमा

१५ चैत्र २०७८, मंगलवार ११:३५

चैत १५, काठमाडौं । स्थानीय तह निर्वाचनमा झन्डै तीन हजार मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका दुई हजार ९०० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखेको हो । 

त्यस्तै चार हजारभन्दा बढी मतदान स्थललाई संवेदनशील र तीन हजार मतदान स्थल सामान्य अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । 

निर्वाचन आयोगले देशभर १० हजार ७५६ मतदान स्थल तोकेको छ । जसमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । अति संवेदनशील मतदान स्थलमा अलि बढी सुरक्षाकर्मी खटाइनेछन् । अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनको भनाइ छ । अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको प्रवक्ता केसीले बताए । 

कस्तो खालको सुरक्षा चुनौती छ ? 

यसपटकको निर्वाचनमा विगतको जस्तो सुरक्षा चुनौती नरहेको सुरक्षा अधिकारीहरूको बुझाई छ । ‘विगतका निर्वाचनमा विभिन्न आपराधिक समूह तथा राजनीतिक समूहहरू थिए । २०७४ सालकै निर्वाचनमा विप्लव समूह थियो । तराई मधेसमा सिके राउतको अर्धभूमिगत समूह थियो,’ एसएसपी केसीले भने, ‘ती समूहले मतदातालाई तर्साउने, धम्क्याउने, मतदान गर्न जान नदिने जस्ता काम गरेका थिए । अहिले त्यस्तो कुनै चुनौती छैन ।’  

सुरक्षा निकायले यो पटकको चुनावमा औल्याएका सुरक्षा चुनौती सामान्य खालका छन् । ‘पहिलाको जस्तो सुरक्षा चुनौती छैन् । राजनीतिक दल-दलबीच आपसी सभा सम्मेलन गर्दा सामान्य झडप हुन सक्ने, भौगोलिक विकटता, सवारी साधन जान नसक्ने, मतपेटिका संकलन गर्दा हुन सक्ने सम्भावित घटनाहरू । यस्ता प्रकारका चुनौती मात्र छन्,’ प्रवक्ता केसीले भने । 

नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै प्रहरीकै निर्देशनमा एक लाख म्यादी प्रहरी पनि चुनावमा खटिनेछन् । यसका साथै ३४ हजार बढी सशस्त्र प्रहरी बल, १८ हजार बढी अनुसन्धान विभागका सुरक्षाकर्मी र नेपाली सेनाबाट आवश्यकताअनुसार सेना परिचालन हुनेछन् । निर्वाचन लक्षित गरेर चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा सेल गठन गरेका छन् । त्यही सेलबाट निर्वाचन सुरक्षासम्बन्धी आवश्यक काम कारवाही भइरहेका छन् ।  

गत बिहीबार मात्रै एकीकृत सुरक्षा नीति पारित गरेको थियो । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त एकीकृत सुरक्षा नीति पारित गरेको थियो । एकीकृत सुरक्षा नीतिअनुसार नेपाल प्रहरीका जनशक्ति मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षामा रहनेछन् । निर्वाचन स्थलमा एक लाख म्यादी प्रहरी पनि खटाइनेछ । त्यस्तै मतपेटिकाको पुर्‍याउने, ल्याउने काम पनि प्रहरीले नै गर्नेछ । 

यसैगरी, मतदान स्थल र मतदान केन्द्रको बाहिरी भाग तथा बाहिरी गस्तीमा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ । निर्वाचन कार्यालयको सुरक्षासमेत सशस्त्र प्रहरीले गर्दै आएको छ । 

नेपाल प्रहरीले एआईजी सहकुलबहादुर थापाको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । उक्त सेलले निर्वाचन केन्द्रित सुरक्षाको काम गर्दै आएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपालले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेर तल्ला तहसम्म नै काम गरिरहेको छ । सशस्त्रले केन्द्रीय निर्वाचन सेल, बाहिनी, गण तथा गुल्ममा निर्वाचन सुरक्षा सेल गठन गरेर हाल देशभर अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरी प्रवक्ता कमलप्रसाद तिउसिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा