१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंगलबार चन्द्रागिरी केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा के के भयो ?

१६ चैत्र २०७८, बुधबार १०:३८

चैत १६, काठमाडौं । चन्द्रागिरी केवलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिएको छ । केवलकार रोकिँदा ३६ जना यात्रारत थिए । लामो समयसम्म केवलकार भित्र थुनिँदा कोलाहल मच्चिएको थियो । 

घटना मंगलबार दिउँसो २ बजेको हो । चलिरहेको केवलकार अचानक रोकिएपछि यात्रुहरू केही समय पुनः सुचारु हुने आशामा बसेका थिए । पाँच, दश, पन्ध्र मिनेट हुँदै आधा घन्टासम्म सुचारु नभएपछि यात्रुहरू केवलकारबाटै चिच्चाएका थिए । 

केवलकारको तारमा झुन्डिएको डब्बामा लामो समयसम्म थुनिएर बस्दा यात्रुहरूबीच कोलाहल मच्चिएको थियो । त्यसपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको थियो । 

‘साढे दुई बजेतिरको घटना हो । केवलकार रोकियो भनेर खबर आयो । अनि हाम्रो टोली परिचालित भयो,’  प्रहरी निरीक्षक मनोज श्रेष्ठले न्युज कारखानासँग भने, ‘३६ जना केवलकारको डब्बामा अड्किएका थिए । आधा घन्टा लगाएर उनीहरूको उद्धार गरियो ।’ 

उद्धार गरेर डब्बाबाट बाहिर निस्किँदा यात्रुहरू निकै अत्तालिएका थिए । कुनै अप्रिय घटना नहोस् भनेर पहिले नै त्यहाँ नेपाल प्रहरीको विपद् उद्धार टोलीसमेत खटाइएको थियो । ‘विपद् उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखेका थियौं । डोरीमा गएर निकाल्नुपर्ला भनेर विपद् उद्धार टोली राखिएको थियो । तर त्यसो गर्नुपरेन,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।

विस्तारै डोरी तानेर केवलकारका डब्बालाई स्टेसनसम्म ल्याइएको थियो । केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा चन्द्रागिरीको चुचुराेमा रहेकाे भालेश्वर महादेव मन्दिर वरपर चार सयको हाराहारीमा यात्रुहरू थिए । उनीहरू फर्कन पालो कुरेर बसेका थिए । 

यस विषयमा के भएको हो ? भनी चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहसँग बुझ्दा उनले विद्युतमा समस्या आएका कारण केवलकार छोटो समयको लागि रोकिएको दाबी गरे । ‘केवलकारमा त्यस्ताे ठूलाे समस्या आएको होइन । विद्युतमा समस्या आएका कारण ५-६ मिनेट केवलकार रोएिको थियो । त्यतिबेला म पनि माथि नै अड्किएको थिएँ,’ शाहले न्युज कारखानासँग भने । उनले हाइभोल्टेजका कारण ट्रान्समिटर पड्किदा केवलकार रोकिएको बताए । 

शाहले भनेजस्तो मंगलबार चन्द्रागिरी क्षेत्रमा विद्युतमा कुनै समस्या नआएको नेपाल विद्युत प्राधिकरणको वलम्बुस्थित नो लाइट प्रमुख आशुतोष कर्णले न्युज कारखानालाई जानकारी दिए । ‘उनीहरू (चन्द्रागिरी)को आन्तरिक ट्रान्समिटर बिग्रेको होला, त्यो हामीलाई थाहा भएन । तर हाम्रो लाइनमा खराबी भएको छैन,’ कर्णले भने । मंगलबारकै घटना भए पनि यसबारे बुधबार मात्र खबर बाहिरिएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता