२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यान्सर, मिर्गौला र मेरुदण्ड पीडित बिरामीलाई सरकारले मासिक ५ हजार उपचार खर्च दिने

२०७८, १७ चैत्र बिहीबार ०७:२५

चैत १७, काठमाडौँ । सरकारले मिर्गौला र क्यान्सर पीडित बिरामीलाई औषधि उपचार खर्चवापत मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ।

त्यसैगरी मेरुदण्ड पक्षघात भएका बिरामीलाई पनि औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

गम्भीर प्रकारका रोगको औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै बिरामीले मासिक रुपमा उपचार खर्च पाउन लागेका हुन्। 

मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ सरकारबाट साहयोग प्राप्त गर्न लागेका हुन्।

यही चैत १३ गते बसकेको मन्त्रिपरिषद् बैठकले औषधि उपचार सम्बन्धी कार्यविधि स्वीकृत गरेको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले रकम उपलब्ध गराउनका लागि देशभरका ७ सय ५३ स्थाननय तहमा पत्राचारसमेत गरिसकेको छ। स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गरेपछि राहत वितरण सुरु गििरनेता छ। 

आगामी वैशाख देखि नै यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने गरी तयारी सुरु गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।

सरकारले त्यस्ता बिरामीलाई दोहोरो सुविधा भने दिने छैन।

जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अपांग भत्ता पाउनेले भने यो सुविधा नपाउने मन्त्रालयले जनाएको छ। त्यस्ता बिरामीले सामाजिक सुरक्षा भत्ता वा उपचार खर्च मध्ये एक रोज्नुपर्ने अधिकारीले जानकारी दिए। त्यसैगरी एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता नयाउने मन्त्रालयले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह