२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र

२०७८, १८ चैत्र शुक्रबार ०९:३४

चैत १८, काठमाडौं । यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागीता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन । 

यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ । विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन् । 

विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुबैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ (एक प्लेअफ) र ओसियानाबाट १ (प्लेअफ) देशले सहभागीता जनाउनेछन् । 

विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले ३२ टोलीलाई (प्लेअफ सहित) चार ‘पोट’ मा बिभाजन गरेको छ । आज (शुक्रबार) राति नै विश्वकपको ‘ड्र’ समेत हुँदैछ । पोट ‘ए’ मा रहेका विश्व वरीयताका शीर्ष सात र एक आयोजक टिमले अन्य तीन ‘पोट’बाट एक एक टिम पाउँदा एक समूहमा चार टिम रहनेछन् ।

हालसम्म यरोपबाट बेल्जियम, क्रोयशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जमर्नी, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन र स्विजरल्यान्ड रहेका छन् ।

यस्तै कन्मेवल अर्थात दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वे छनोट भएका छन् । यता, कन्काफबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् । यता, अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छनोट भएका छन् । 

यता, एसियाबाट आयोजक कतार सहित जापान, दक्षिण कोरिया, साउदी अरबिया र इरान छनोट भएका छन् । 

अब, विश्वकपमा प्लेअफबाट वेल्सविरुद्ध स्कटल्याण्ड र युक्रेनबीच एक, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पेरु एक, कोस्टा रिकाविरुद्ध न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ र तीन टिम छनोट हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता